सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

श्रावन शुरु भएसंगै शक्तिपिठहरुमा दर्शनार्थीको घुईलो

बैतडी सहित सुदुरपश्चिमका बिभिन्न शक्तिपिठहरुमा दर्शनार्थीहरुको घुईलो लाग्न थालेको छ । भगवान शिवको महिनाको रुपमा चिनिने श्रावन महिना शुरु गएसंगै यहाँका बिभिन्न शक्तिपिठहरुमा दर्शनार्थीहरुले पुजाआजासंगै बत्ती बाल्न शुरु गरेका हुन् । श्रावन महिनाभरि शक्तिपिठहरुमा चोखो, भोको रहेर पुजा आजासंगै बत्ती बालेमा मनोकांक्षा पुणर् हुने धार्मीक बिश्वास रही आएको छ । बैतडीको प्रसिद्ध निगंलाशैनी भगवती मन्दिर, त्रिपुरा सुन्दरी मन्दिर , डिलाशैनी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा र दोगडाकेदार लगायतका मन्दिरहरुमा पुजाआजा गर्ने दर्शनार्थीहरुको संख्या बढेको छ ।

Sana Kishan

बसाई सरेका गएकाहरु पनी श्रावन महिना शुरु भएसंगै ईष्टकुल देउवाको मन्दिरसम्म धुप बत्ती गर्नका लागी आउन थालेका छन् । श्रावन महिनाको १ गते अर्थात आजबाट शक्तिपिठहरुमा पुजाआजा शुरु हुने भएकाले ३, ४ दिन अगाडी देखि नै माछा, मासु बारेर शुद्ध रहनु पर्ने परम्परा रहेको छ । यस्तै हरियो महिनाको रुपमा चिनिने श्रावन महिनामा नारीहरुले हरियो मेहन्दी, चुरा पोते र सारी लगाएर मनाउने गर्दछन् । श्रावन महिना भरि सोमबारे बत्र बसेर शिवालयमा पुजाआजा गरेमा अबिबाहित नारीहरुले शिव जस्तै पति पाउने र बिबाहित नारीहरुको श्रीमानको आयु बढ्ने जन बिश्वास रही आएको छ । (रेडियो बैतडी बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.