सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गुल्मीमा असार समान्तसम्म निषेधाज्ञा थप

गुल्मीमा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण दर बढ्दै जान थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर घटेसँगै खुकुलो बनाएर गरिएको निषेधाज्ञालाई पुनः कडाइ गर्ने गरी निषेधाज्ञाको समय थप गरिएको छ । खाद्यवस्तु बेच्ने पसलहरु दैनिक ७ घण्टा मात्रै खोल्न पाइने भएको छ ।

निषेधाज्ञाका अवधिमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु, एग्रोभेट, बिहान ७ देखि १ बजेसम्म खुलाउन पाइने भएको भएको हो । यस्तै बैंक तथा वित्तीय संस्था, सहकारी, बिमा कम्पनीहरु दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् ।

World Link Ads
Mahakali Polytechnic

खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा वित्तीय संस्था खोलिँदै आएकोमा थप फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल खोल्न पाइने भएको छ ।

Dirghayu Ads

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।

Sana Kishan

जिल्लामा संचालित सैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् ।

तोकिएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र बन्द रहने निर्णय भएको छ । कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणमा आइनसकेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लामा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

निषेधाज्ञाको अवधिमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । जिल्लामा कोभिडको दोस्रो लहरबाट ५३१ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

कोरोना संक्रमणका कारण जिल्लामा ९१ जनाको मृत्यु भइसकेको छ । (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.