बझाङ: बझाङमा भिर बाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तल्कोट गाउँपालीका वडा नम्बर ४ का ४२ बर्षका हरीश प्रकास जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सोही गाउँपालिका मा पर्ने कपडे भिड बाट करिब १०० मिटर तल लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो ।
आफन्तले खोजी गदै जादा २८ गते भिरबाट तल मृत अबस्थामा फेला पारेका थिए । मृतक जोशीको आज नै अन्त्यस्टी गरीएको छ ।
(sudurkhabar.com बाट साभार)