मेवा, जो सर्वप्रिय फल हो । स्वास्थ्यका लागि यो अति हितकार मानिन्छ । त्यसैले त उखान बनाइएको छ, ‘सेवा गरे, मेवा मिल्छ ।’ अहिले बजारमा मेवा उपलब्ध हुन थालेका छन् । मौसमी फलफूल खोज्नेहरुको लागि यो उपयुक्त रोजाइ बन्नसक्छ ।
म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन तथा क्यारोटीनयुक्त तथा डायटरी फाइबरले भरिपूर्ण मेवा शरीरको लागि निकै फाइदाजनक मानिन्छ ।
तर, मेवाले सबै अवस्थामा फाइदा गर्दैन, बेफाइदा पनि गर्छ । आयुर्वेदका अनुसार केही विशेष अवस्थामा मेवाको सेवनले शरीरलाई फाइदा गर्नुको सट्टा उल्टै हानी पु¥याउन सक्छ । तर त्यो अवस्था कति बेला सिर्जना हुन्छ ? मेवा कुनबेला खाने, कुन बेला नखाने ?
गर्भवतीले नखाने ?
विभिन्न अवस्थामा मेवाको सेवन शरीरका लागि फाइदाजनक भएपनि गर्भावस्थामा भने यसको सेवन शरीरका लागि हानीकारक हुनसक्छ । यसले गर्भावस्थामा गर्भपात गराउन सक्छ । खासगरी, मेवाले गर्भाशयलाई खुम्च्याउने गर्छ । जसले गर्दा गर्भपात हुने खतरा उच्च हुन्छ ।
स्तनपान गराउने महिलाले खानबाट बच्ने
गर्भावस्थामा त मेवाको सेवन गर्नै हुँदैन । सुत्केरी महिलाहरुलाई पनि स्तनपान गराउञ्जेल मेवाको सेवन नगर्न नै सल्लाह दिने गर्छन् । किनकी मेवामा पपाइन नामक विषाक्त हुन्छ,जुन ससाना बच्चाका लागि हानीकारक मानिन्छ । यसबाहेक, बच्चा जबसम्म एक वर्षको हुँदैन, उनीहरुलाई मेजवा नखुवाउन नै सल्लाह दिने गरिन्छ ।
एलर्जीको सम्भावना
केरोटेनेमिया नामक रोगबाट प्रभावित व्यक्तिले मेवा कहिल्यै खानु हुँदैन । किनकी मेवामा लेटेक्स नामक पदार्थ हुन्छ, जसले केरोटेनेमियाबाट प्रभावित व्यक्तिमा छालाको एलर्जीको समस्या निम्त्याउन सक्छ ।
उच्च रक्तचापको औषधीसित खाना खानु खतरनाक
मेवाले शुगरको स्तर कम गर्छ । त्यसैले, न्युन रक्तचाप भएका व्यक्तिले झुक्किएर पनि मेवा खानु हुँदैन । जबकी उच्च रक्तचापलाई नियन्त्रण गर्न औषधीको सेवन गर्ने व्यक्तिले भने चिकित्सकको सल्लाहमा मेवा अवश्यक खान सक्छन् ।
मिर्गौलाको पथ्थरी
विभिन्न अध्ययनहरुले जनाए अनुसार अत्याधिक मात्रामा भिटामिन ‘सी’को सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ । र, मेवामा भिटामिन ‘सी’अत्याधिक मात्रामा हुने भएकोले यसको सेवनले मिर्गौलामा पथ्थरी हुनसक्छ ।
पेट खराब भएमा
पेट खराब भएमा पनि मेवाबाट टाढा रहनु पर्छ । त्यस्तै, पखाला लागेमा पनि मेवाबाट टाढा रहनु पर्छ ।किनकी यसले समस्या कम हुनुको सट्टा झनै बढ्न सक्छ ।
मुटु सम्बन्धि समस्या
मुटु सम्बन्धि समस्या भएका व्यक्तिले पनि मेवाबाट टाढा रहनु पर्छ । विशेषगरी, रगत पातलो हुने व्यक्तिले मेवाबाट कुनै पनि हालतमा टाढा रहनै पर्छ ।
घाँटीको समस्या
दिनभरमा एक कप भन्दा बढी मेवा खानु हुँदैन । अन्यथा यसले घाँटीलाई प्रभावित पार्न सक्छ ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छौ
मेवाको बिउ सेवन गर्नुहोस्, यी खतरनाक रोगहरुबाट छुटकारा पाउनुहोस् !
मेवा एक स्वादिष्ट तथा पोषणले भरिपूर्ण फल हो भन्ने कुरामा कसैको पनि दुई मत हुनसक्तैन । तर मेवा भित्र हुने यसका बिउहरु अझै लाभदायक तथा स्वास्थ्यबद्र्धक हुन्छ भन्ने कुराको जानकारी हामीहरुमध्ये थोरैलाई मात्र हुनसक्छ । आज डिसीनेपाल तपाईंहरुलाई मेवाको बिउ सेवन गर्नाले हुनसक्ने फाईदाहरुका बारेमा जानकारी गराउँदै छ ।
मेवाको बिउ सेवन गर्नाले हुने फाइदाहरु
१. कलेजो सम्बन्धी रोगमा
मेवाको बिउमा उपलब्ध पोषण तत्वले कलेजोमा लागेको सिरोसिस भन्ने रोगबाट सहजै छुटकारा दिलाउँछ । सिरोसिस भन्ने रोग अत्यधिक रक्सि सेवन बाट हुन्छ । मेवाको ५–६ वटा सुकेको बिउ लिनुहोस् र यसलाई सिलौटोमा पिन्नुहोस् ।
अव यो धुलोलाई कागतीको रस सहितको एक ग्लास पानी वा जुसमा मिसाएर दैनिक एक महिना सम्म सेवन गर्नुहोस् । सिरोसिस रोग आपसेआप निको भएर जान्छ । मेवाको बिउ सेवन गर्नाले कलेजो बलियो हुनुका साथै कलेजोमा कुनै पनि प्रकारको संक्रमण हुनपाउँदैन ।
२. किटाणु नासक
मेवाको बिउ सेवन गर्नाले शरीरमा संक्रमण हुन पाउँदैन र यसले फुड प्वाइजनिङ जस्तो समस्यालाई सहजै नाकाम बनाउँछ । यसको सेवन गर्नाले ज्वरो समेत लाग्न पाउँदैन ।
३. क्यान्सर
मेवाको बिउ सेवन गर्नाले शरीरमा कयान्सरको कोशिका र ट्यूमर बिकसित हुनपाउँदैन । मेवाको बिउमा प्राप्त गुणले कोलन, स्तन, फोक्सो, ल्युकेमिया र प्रोस्टेट क्यान्सर रोगहरुको बिरुद्धमा काम गर्छ ।
४. फर्टिलिटी (प्रजनन)
अनुसन्धानले के देखाएको छ भने मेवाको बिउ सेवन गर्नाले शरीरमा कुनै पनि असर नपुर्याई सुक्रकिट उत्पादन नियमित हुन्छ । आयुर्वेद तथा घरेलु उपचार सम्बन्धी जनकारी भएका महिलाहरु प्रिगनेन्सी रक्षाका लागि मेवाको बिउ सेवन गर्छन् । अनुसन्धानले समेत देखाई सकेको छ मेवाको बिउ सेवन गर्नाले पुरुषको सुक्रकिट उत्पादन क्षमता नियमित हुने र महिलाको प्रिगनेन्सी रक्षामा लाभदायक हुने तथ्य ।
५. शरीर सुनिएको निको हुन्छ
आर्थराइटीस, जोर्नी सम्बन्धी रोगहरु, शरीर सुनिएको, शरीर दर्द तथा छालामा हुने रातोपना जस्ता समस्याहरु मेवाको बिउ सेवन गर्नाले सञ्चो हुन्छ ।
६. किड्नी सम्बन्धी समस्याहरु
पाकिस्तानको कराँची विश्वविध्यालमा गरिएको एक अनुसन्धान अनुसार मेवाको बिउ प्रयोग गर्नाले किड्नी जन्य रोगहरु सहजै निको भएको देखियो । पाकिस्तान लगायतका एसियाका कतिपय ठाउँमा पाकेको मेवालाई उत्तम फलको रुपमा प्रयोग गरिन्छ । अनि मेवाको बिउलाई पनि उत्तिकै पौष्टिक आहारको रुपमा प्रयोग गरिन्छ । तपाईं पनि मेवा तथा मेवाको बिउ प्रयोग गरेर स्वस्थ जीवन व्यतित गर्नुहोस् भन्ने हाम्रो कामना ।
यस्ता छन्, मेवा खानुका फाइदा
मेवामा भिटमनि ए पाइन्छ । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । यसले विभिन्न रोग संग लड्ने क्षमाता प्रधान गर्छ । यस्ता छन् मेवा सेवनबाट हुने फाईदाहरु
१. मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।
२. मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।
३. मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।
४. जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नाले फाइदाजनक हुका साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।
५. मेवा बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि हो । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ ।
६. यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको सरीरमा कमी हुन दिँदैन ।
७. यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ ।
८. मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
औषधिय गुडयुक्त्त मेवाले के के रोग निको पर्छा ?
मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो । अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ । यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ।
औषधोपचार
१. दाद आएमा
काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।
२. जिब्रो फुटेमा
काँचो मेवाको दूधमा गिलसिरिन मिसाएर जिब्रोमा विहान÷वेलुका दल्ने गरे केही दिनमा ठिक हुन्छ ।
३. अल्काई भएमा
काँचो मेवा ताछेर नियमित दिनमा ४÷५ टुक्रा सेवन गर्ने गरेमा अल्काई बढ्न पाउँदैन र निको हुँदै जान्छ ।
४. डंडीफोर र चाँया भएमा
काँचो मेवाको टुक्रा नियमित बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा डंडीफोर र चाँया निको हुँदै जान्छ ।
५. घाँटीभित्रबाट सुनिएमा
काँचो मेवाको टुक्रा पकाएर पानीले गारगल गरेमा २÷३ दिनमा ठिक हुन्छ ।
६. कोलस्टेरोलमा
अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।
७. चाउरीमा
मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ। यसले मानिसलाई युवा बनाइराख्छ ।
८. पेटको समस्यामा
मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।
९. कन्स्टिपेसनमा
मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।
१०. मलद्वारसंबन्धी समस्यामा
मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।
११. तौल घटाउन
उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ ।
१२. बिहानीको वाकवाकीमा
खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ। बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ।
१३. हाडजोर्नी
जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पुर्याउछ, खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ ।
१४. प्रतिरोधी क्षमतावृद्धिमा
यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।
१५. स्याम्पुको रुपमा
मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ ।
१६. रजस्वला अनियमित भएकोमा
मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ।
१७. कलेजोको क्यान्सरमा
यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ।
१८. गर्भनिरोधक
भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ। त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ।
१९. मिर्गौलाको समस्यामा
विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ ।
२०. डेंगु
मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने छ । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।
मेवा जतिकै लाभदायक मेवाको पातको जूस
मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ जुन कुरा हामीले यो भन्दा माथि चर्चा गरिसकेका छौ तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ ।
मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् । किनकी मेवा खानुको साथै मेवाको पातको जूसले धेरै प्रकारका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ । यदी तपाई जीवनभर स्वस्थ रहन चाहनुहुन्छ भने आफ्नो नियमित डाइटमा मेवाको जूसलाई सहभागि गराउन सक्नु हुन्छ ।
१. रगतको कमीमा लाभदायक
मेवाको पातको जूस औषधि भन्दा कम हुँदैन । यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नु हुन्छ । मेवाको पातको जूस तपाई दैनिक दुई चम्मचा तिन महिनासम्म पिउनुभयो भने तपाईको रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ ।
२. इन्फेक्शनबाट बचाउँछ
शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका (व्हाईट व्लड सेल्स) र प्लेटलेट्सलाई पनि बढाउनमा मद्दत गर्छ ।
३. डेंगूको लागि रामबाण औषधि
डेंगू र मलेरिया सँग लड़नमा मेवाको पातको जूस धेरै नै लाभकारी हुन्छ । यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा कमजोरी हुन दिदैँन ।
४. महिनावारीको समय दुखाईबाट बचाउँछ
महिनावारीको समय हुने दुखाई धेरै नै खतरनाक हुन्छ र यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाउने । त्यसपछि त्यो काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ ।
५. क्यान्सर कोषलाई बढ्न दिदैँन
मेवाको पातमा क्यान्सरसँग लड्ने गुण हुन्छ । जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ , र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई उत्पन्न हुनबाट जोगाउँछ ।
नोटः माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र–पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।
साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।
(urlabarinews.com बाट साभार)