सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यत्रतत्र सर्वत्र पाइने तितेपातीका के–के फाइदा छन् ? जान्नुहोस्

स्थानीय स्तरमा यत्रतत्र पाइने तितेपाती औषधीको काम मात्र होइन धार्मिक कार्यमा समेत उपयोगी हुने गरेको छ । बास्नादार यो खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ । तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ ।

कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ । सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द्य गर्ने र चापेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानुु हुदैन ।

जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ । विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा प्रेम्त कर्म आदिमा सकेत प्रयोग गरिन्छ ।

World Link Ads
Mahakali Polytechnic

तितेपाती नेपालको भुगोलअनुसार फरक–फरक ५–६ किसिमका पाइन्छन् । तर, सबै स्थानमा पाइने तीतेपातीको गुण र काम भने उस्तै हुन्छ । धेरै रोगको उपचार गर्न सहज तरिकाले पाइने हुँदा पनि यसको छुट्टै महत्व छ ।

Dirghayu Ads

औषधीको रुपमा तितेपातीले के काम गर्छ ?

१. यदि पेटमा जुका परेको छ र तितेपाती खायो भने जुका नास गर्छ ।

२. युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ।

३. बाहिरी दूषित कीटाणुलाई नष्ट गर्छ ।

४. बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।

कसरी उपयोग गर्ने ?

१‍. बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ ।

२. यसको स्वरस (झोल) ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ ।

३. बाथ,पित्त र कफ (त्रिदोष) लाई बढ्न दिदैँन् ।

४. छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ ।

५. सुनिएको ठाउँमा तातो पट्टि बाँधिदिँदा सन्चो बनाउँछ । अन्य प्रयोग १.सबेै रोगलाई उपर्युक्त हुने तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ ।

बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् । कति प्रयोग गर्ने ? १‍‍‍. सामान्य मात्रा लेदो चूर्ण तीनदेखि पाँच ग्राम प्रयोग गर्ने ।

१० देखि १५ थोपा स्वरसको एक गिलास पानीमा काडा बनाएर सेवन या लेपन गर्ने ।

तीन–चार थोपा दिनमा एक–दुई पटक खाँदा फाइदा गर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छौ, यो पनि पढ्नुहोस्

तामाको भाँडो प्रयोग गर्नुहुन्छ ? यस्ता तरिकाले राखेको तामाको भाँडोमा पानी पिउँदा हाम्रो स्वास्थ्यलाई फाइदा गर्छ

आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । तामालाई हिन्दु परम्परा अनुसार पवित्र धातु मानिन्छ । र यसलाई वैदिक कार्यहरुमा अनिवार्य मानिन्छ । तामाको भाँडामा राखिएको पानीलाई‘ताम्रजल’भनिन्छ ।

आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ । यसका लागि तामाको भाँडामा कम्तीमा ८ घण्टा राख्नुपर्छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका लागि लाभदायक छ ।

Sana Kishan

यसका फाइदा यस्ता छन्

१. तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।

२. तामाको भाँडामा पानी राख्नाले तामा बिस्तारै पानीमा मिसिएर सकारात्मक गुण प्रदान गर्छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसमा राखिएको पानी कहिल्यै पनि बेस्वादको हुँदैंन । त्यसैले लामो समयसम्म तामाको भाँडामा पानी राख्न सकिन्छ ।

३. तामामा प्राकृतिक रुपमा ओलीगोडिनेमिकको रुपमा (ब्याक्टेरियामा धातुलाई स्टेरलाइज्ड) मानिन्छ । यसमा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया सजिलै नष्ट गर्न सक्छ । यस्तै, पानीजन्य रोग डाइरिया, कमलपित्तजस्ता रोग रोक्न पनि उपयोगी मानिन्छ ।

४. थाइरेक्सिन नामक हर्मोनको असन्तुलनका कारण थाइराइडको रोग लाग्छ । तामाको भाँडामा राखिएको पानी पिउनाले शरीरमा थाइरेक्सिन हर्मोन नियन्त्रित हुन्छ र यो हर्मोन निकाल्ने ग्रन्थीको कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छ ।

५. तामामा मष्तिष्कलाई उत्तेजित गर्ने गुण हुन्छ । यो गुणको उपस्थितिमा मष्तिष्कले तीब्रता र कुशलतापूर्वक काम गर्न मद्दत गर्छ ।

६. जोर्नी दुख्ने समस्या छ भने तामाको भाँडामा राखिएको पानी नियमित पिउनाले फाइदा हुन्छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ ।

७. यदि छाला स्वस्थ र सुन्दर बनाउन चाहनुहुन्छ भने रातभर तामाको भाँडामा राखिएको पानी बिहान पिउनुहोस् । तामाले शरीरमा नयाँ कोशिकाहरुको उत्पादनमा मद्दत गर्छ । नियमित रुपमा यस्तोपानी पिउनाले छाला स्वस्थ र चम्किलो हुन्छ ।

८. एसिडिटी, कब्जियतजस्ता पेटका समस्या भएका मानिसका लागि तामाको भाँडामा राखिएको पानी अमृतसमान हुन्छ । आयुर्वेदका अनुसार यदि शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न चाहने हो भने तामाको भाँडामा कम्तीमा ८ घण्टा राखिएको पानी पिउनुहोस् । यसबाट पेट फुल्ने समस्या र पाचनप्रणालीका समस्या हट्छन् ।

९. तामाको भाँडामा राखिएको पानी पिउनाले चाउरी पर्ने प्रक्रियालाई पनि ढिलो गराइदिन्छ । यसले नयाँ र स्वस्थ छालाको कोशिकाको उत्पादनमा पनि मद्दत गर्छ । शरीरमा भएका कणले क्यान्सर कोशिकालाई विकसित गर्छन् । तामामा भएको शक्तिशाली एन्टीअक्सिडेन्ट गुणले यी कणहरूलाई समाप्त पारिदिन्छन् र शरीरमा तिनको नकारात्मक प्रभावलाई कम गरिदिन्छन् । दिनदिनै तामाको भाँडोमा पानी पिउनुस् ।

१०. यसले रगतको विकार र कमी हुने समस्या हट्छ । पोषक तत्वलाई शोषेर रक्तवाहिनी नलीहरुमा यसलाई नियन्त्रित गर्छ । तामाले दिमागलाई उत्तेजित गरेर त्यसलाई सक्रिय बनाउन मद्दत गर्छ । दिनदिनै तामाको भाँडोमा पानी राखेर पिउँदा स्मरणशक्ति बलियो हुन्छ र दिमाग स्वस्थ रहन्छ ।

११. तामामा एन्टीअक्सिडेन्ट हुन्छ जसले कोषिकाको झिल्लीलाई सुरक्षित राख्छ । यसले उमेर बढ्ने गतिलाई ढिलो बनाउँछ । तामाको भाँडोमा पानी पिउँदा अनुहारमा मुजा पर्ने समस्या आउँदैन । अनि अनुहारमा भएका मृत छाला पनि भाग्छन् ।

१२.तामामा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण भरपूर हुन्छ । यसले घाउ छिट्टो भरिन्छ । तामाले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ अनि पेटमा हुने अनेकौं आन्तरिक संक्रमणको उपचार गर्छ ।

१३.शरीरमा भएका कणले क्यान्सर कोशिकालाई विकसित गर्छन् । तामामा भएको शक्तिशाली एन्टीअक्सिडेन्ट गुणले यी कणहरूलाई समाप्त पारिदिन्छन् र शरीरमा तिनको नकारात्मक प्रभावलाई कम गरिदिन्छन् । दिनदिनै तामाको भाँडोमा पानी पिउनुस् ।

१४.तामाले मेलेनिनको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मेलेनिनले नै आँखा, छाला र कपालको रंग दिने हो । शरीरलाई सूर्यको कडा किरणबाट बचाउन र घाउ निको पार्न मेलेनिन आवश्यक हुन्छ ।

१५.शरीरमा रगतको कमी हुँदा थकान, मांसपेशीमा पीडा, कमजोरी र पाचन समस्या जस्ता लक्षण देखापर्छन् । तामाको भाँडोमा पानी पिउँदा फाइदा हुन्छ । तामाले शरीरमा कोषिका निर्माण गर्छ र रगतको कमी पूरा गर्छ ।

१६.शरीरको आन्तरिक सफाइका लागि तामाको पानीले सहायता गर्छ । यसले मिर्गौला र कलेजोलाई स्वस्थ राख्छ । तिनीहरूलाई संक्रमणबाट बचाउनका लागि तामाको पानी लाभदायक हुन्छ ।

१७.तामामा खनिज पदार्थ भरपूर हुन्छ । यसले थाइरोइड भगाउँछ । थाइरोइड ग्रन्थिलाई सही कार्यान्वयन गराउन तामाले मद्दत गर्छ ।

१८.तामाले दिमागलाई उत्तेजित गरेर त्यसलाई सक्रिय बनाउन मद्दत गर्छ । दिनदिनै तामाको भाँडोमा पानी राखेर पिउँदा स्मरणशक्ति बलियो हुन्छ र दिमाग स्वस्थ रहन्छ ।

नोटः “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र–पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला ।”

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

 

(urlabarinews.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.