Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजान्छौं : प्रधानमन्त्री ओली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २४, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजाने प्रष्ट खाका तय गरिएको जानकारी दिएका छन्। थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै र संयुक्त भेटबार्ताबारे स्वदेश फर्किएर बिमानस्थलमै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्।

प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागी भई शनिवार दिउसो स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गरेका हुन्।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँग मोदीको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिए। भारतीय समकक्षी मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको प्रधानमन्त्री ओलीले प्रष्ट पारे।

‘छिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन, त्यस्तो भइहालेमा एकापसमा संवाद गरिहाल्ने र तिनलाई टुङ्ग्याउने भन्नेमा यसपटक हामीले एउटा गहिरो समझदारी गरेका छौं,’ देशवासीलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘यो भेटघाट फलदायी भयो र म खुसी छु, उहाँको कुराकानीबाट उहाँ (मोदी) पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु।’

प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँगको भेटवार्तामा पारस्परिक सहयोगका विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विचार विमर्श भएको जानकारी पनि दिए। ‘भेटमा लगानी र व्यापारका क्षेत्र, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना, र दोधरा चाँदनीमा महाकालीबाट सिँचाइ गर्नेलगायत द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानी भए,’ प्रधानमन्त्री ओलीले भने।

भेटको क्रममा नेपालले आयोजना गरेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री आउन नभ्याउने जानकारी दिनुभएको भन्दै सो कार्यक्रममा भारतबाट उच्चस्तरका सहभागिता हुने जानकारी दिइएको पनि प्रधानमन्त्री ओलीले बताए।

‘मोदीजी आउन भ्याउनुहुन्न, यसकारण कि उहाँको पहिले नै त्यसै बेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ, त्यसकारण उहाँ यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रैस्तरबाट प्रतिनिधित्व हुन्छ,’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओली र भारतीय सकमक्षी मोलीबीच शुक्रवार अपरान्ह बैंककमा भेटबार्ता भएको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व