सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्लामा आइतवार १ सय ५७ जनाले जिते कोरोना !!

कञ्चनपुरमा कोरोना जितेर घर फर्किनेको संख्यामा बृद्धि भइरहेको पाईएको छ । आज (आइतवार) थप १ सय ५७ जनाले कोरोना जितेर घर फर्किएका छन् । आज संक्रमण मुक्त भएका सहित अहिले सम्म २ हजार २ सय ३९ जनाले कोरोना जितेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, कञ्चनपुरमा आइतवार २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा २ सय ५७ जना र ऐन्टिजिन परिक्षणमा ३६ जना गरी २ सय ९३ जनामा कोरोना संक्रमिण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् ।

Sana Kishan

पिसिआर परिक्षणबाट भीमदत्त नगरपालिकामा २ सय ५ शुक्लाफाँटा मा ७ जना, बेलौरीमा २ जना, दोधारामा २ जना, कृष्णपुरमा ११ जना, बेलडाँडीमा ८ जना, र वेदकोटमा २३ जना गरी २ सय ५७ जना र ऐन्टिजिन परिक्षणमा गडाचौकीमा १२ जना भीमदत्तमा २४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर भटटले जानकारी दिईन् । आइतवार भिमदत्त नगरपालिकामा थप २ सय २५ जनामा कोरोना पुष्टि भएको छ पिसिआर परिक्षणबाट २ सय ५ जनामा र ऐन्टिजेनमा २४ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा १ हजार १ सय १९ जनामा कोरोना पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ९ सय ५४ रहेको छ भने, कोरोना बाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ । (esudurdarpan.com बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.