पैदलले साइकल कोट्याउदा,
साइकल धनिले गाडी देखेर मुख मिठ्यायो
र जहाज रकेटको आरिसमा धप्धपायो
म हिड्न सक्दिन पैदलमार्ग
म दुखेसो को सङ्ग पोखु !
अक्षरले शब्दलाई,
शब्दले वाक्यको बाटो समात्यो
वाक्यांशले अनुच्छेद भर्दा
मैले प्रख्न सक्दिन अक्षर
म दुखेसो को सङ्ग पोखु !
जोगीले सन्तलाई,
योगिले महात्माको लयमा चल्दा
विद्वान बुद्ध बन्न लम्किसक्यो
म को हु ? आफैंलाई चिन्न सक्दिन
म दुखेसो कसरी पोखु !
गरिबले धन,
धनिले विरासत नियाल्दा
बुद्धिमान मंगल यात्रामा निस्किसकेछन
म
धन रोजु वा विरासत अङ्गालु
सशंकित र दोधारेपनले अवाक छु !
पछुतो मानु वा जस्न मनाउ
लोभीका आफ्नै कथा,
निस्तै रहेका निरक्षरका ब्यथा कति हो कति
गरिबीको संघर्ष निअर्थक छ अझै
धनिको बौलाहट सेलाएकै छैन
उता,
महात्माले स्वर्ग र नर्क बिच सेतु बाधी सकेछ
मानवता हराएको मन भित्र
ढुङ्गाको मुर्तिमा मैले नि बोका भाकेको छु ।
समयले तेज रफ्तार नापेकै बेला,
आशाका किरण धमिला हुदै गए
जीवन काल्पनिक जस्तै लागिरहदा
सुखको नामोनिसान छैन
थिचिरहेछ दुःख लगातार
यो सबै दुखेसो मैले को सङ्ग पोखु !
(ninglashainionline.com बाट साभार)