सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चर्चित कलाकार शिशिर योगीको प्रेरणादायी गीत ‘तिमी हिँडे बाटो बन्छ’ !

तिमी हिँडे बाटो बन्छ हिँडेर हेर त !
तिमी ब्युँझे देश जाग्छ ब्युँझेर हेर त !!

गम्भीर र गहकिला भावका गीत मार्फत श्रोतामाझ विशिष्ट पहिचान स्थापित गरेका गायक शिशिर योगीले समय सापेक्ष एवं प्रेरणादायी गीत तिमी हिँडे बाटो बन्छ को भिडियो सार्वजनिक गरेका छन् । धन बहादुर ओलीको शब्दरचना र शिशिर स्वयंको सङ्गीत रहेको यस गीतमा अमूल कार्की ढलीको सङ्गीत संयोजन रहेको छ भने सङ्गम स्टुडियोका साउण्ड इन्जिनियर मित्र लामाले गीत रेकर्डिङरमिक्सिङ गरेका हुन् । भिडियो एकदिन अघि मात्र गायक योगीकै अफिसियल युट्युब च्यानल क्जष्कजष्च थ्यनष् बाट सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सिनेम्याटोग्राफी रहेको यस भिडियोमा लोकेश भाटको सम्पादन रहेको छ  । लामो समय अघिदेखि छायाकार र सम्पादकको रुपमा क्रियाशील रही आफ्नो क्षेत्रमा प्रसिद्धि कमाएका वीरेन्द्र भाट पछिल्ला केहीबर्ष यता भिडियो निर्देशनमा समेत फड्को मारिरहेका छन्  । भिडियो वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो ।

चेतनामूलक भावले ओतप्रोत यस गीतले हरेक नेपालीलाई आफ्नो अन्तस्करण नियाल्न आग्रह गरेको छ  । को अघि लाग्छ र कसले पहिला सुरु गर्छ ? त्यसपछि बिचार गरौंला ! भन्ने आम प्रवृत्ति उजागर गर्दै गीतले हरेक नेपालीलाई असल कर्मको सुरुआत आफैंले गर्नुपर्छ भन्ने चेतना दिएको छ  ।

Mahakali Polytechnic

प्रत्येक नेपाली उत्तिकै स्वाभिमानी, उत्तिकै सक्षम, उत्तिकै विशेष, उत्तिकै जिम्मेवार र होनहार रहेको कुरा गीतमा भनिएको छ । सरल शब्दमा गहन भाव बोकेको यो गीतले जो कोही श्रोतालाई पनि भावुक बनाउँछ  ।समाज र देशप्रतिको कर्तव्य वोध गराउँछ ।

 

World Link Ads

Sana Kishan

(emusicdiary.com बाट साभार)

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.