महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतोडाका क्यान्सर पिडित दौलत बहादुर थापालाई रु ७० हजार सहयोग गरिएको छ । रिटर्नी माईग्रेट नेपाल कञ्चनपुरका समाजसेवीहरुले जिब्रोको क्यान्सर पिडित थापालाई संकलन गरिएको रु ७० हजार चेक हस्तान्तरण गरेका हुन ।
उक्त रकम विदेश संयोजक धन वहादुर चन्द र नेपाल संयोजक नारायण चन्दको पहलमा पिडित थापालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । यहाँका अग्रज समाजसेवी हरी चन्द एवंम मान वहादुर चन्दले उक्त चेक रकम शुक्रबार हस्तान्तरण गरेका छन ।
रिटर्नी माईग्रेट नेपाल कञ्चनपुरका अध्यक्ष कर्ण वहादुर चन्दले थापा जस्तै समस्यामा परेका पिडितहरुलाई आगामी दिनमा समेत सहयोग गर्ने बताए ।
कार्यक्रममा हेल्प नेपालका अध्यक्ष मदन चन्द लगायत सेमाजसेवीहरुको उपस्थीती रहेको थियो । तीन वर्ष देखी क्यान्सरले पिडित थापाले सहयोग रकम बुझ्दै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । रिटर्नी माईग्रेटका समाजसेवीहरुले यसअघि पनि समाज सेवामा योगदान पुर्याउदै आएका छन । उक्त रकम धन वहादुर चन्दको संयोजकत्वमा NRNA डेनमार्क, ABCDडेनमार्क र सम्पूर्ण डेनमार्क बासी नेपाली दाजुभाइ तथा दिदी बहिनी को तर्फ बाट सहयोग प्राप्त भएको हो । Rubas News