Wednesday, October 28, 2020

दिल्ली क्यापिटल्सले बैंगलोरलाई ५९ रनले हरायो

- Advertisement -

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको यो जितसँगै दिल्ली आईपीएल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

दुबईमा खेलिएको आईपीएलको १९ औं म्याचमा दिल्लीले बैंगलोरलाई १९७ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङ गरेको बैंगलोर ९ विकेटको क्षतिमा १३७ रनमा समेटियो । कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए ।

 

दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका दिल्लीका अक्षर पटेल म्यान अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९६ रन बनाएको थियो ।

मार्कस स्टोइनिस टप स्कोरर रहे । २६ बल सामना गरेका उनले नटआउट ५३ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

पृथ्वी शाले २३ बलमा ४२, शिखर धवनले २८ बलमा ३२ र रिसभ पन्तले २५ बलमा ३७ रन बनाए । बैंगलोरका लागि मोहम्मद सिराजले २ विकेट लिए ।

 

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेहा कक्करले गरिन् रोहनप्रितसँग विवाह

दिल्ली । बलिउड गायिका नेहा कक्कर र गायक रोहनप्रित विवाह बन्धनमा बाधिँएका छन् । विवाहका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए । केही...

आईपीएल क्रिकेटमा पञ्जाबद्वारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हहराएको छ । दुुबईमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर...

मलेसियामा अशक्त र अलपत्र अवस्थामा भेटिएका एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । शुक्रबार दिउँसो...

भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउँदै

काठमाडौँ — भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण आगामी कात्तिकमा गराउन नेपाली सेनाले तयारी सुरु गरेको छ । नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ...

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर...

आईपीएलमा हैदराबादद्वारा पन्जाब ६९ रनले पराजित

काठमाण्डौ ( इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई हराएको छ । बिहिबार राति भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको...

अस्पतालबाट डिस्चार्ज भए क्रिकेटर ललित सिंह भण्डारी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । सडक दुर्घटनामा परि घाइते भएका क्रिकेटर भण्डारी मंगलबार डिस्चार्ज भएका हुन्...

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया