सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

शास्त्रले मानिसको जीवन पद्धतिका विषयमा सवै जानकारी दिएको हुन्छ । कुन दिन के काम गर्ने ? के गर्दा जीवनमा सफलता मिल्छ ? के कस्ता काम गर्नुहुँदैन ? लगायतका यावत विषयमा धर्मशास्त्रमा सविस्तार वर्णन गरिएको पाइन्छ । जसले मानव जीवनलाई संस्कारी बनाएको हुन्छ ।

आज आइतबार । ज्योतिष शास्त्रमा आइतबारका दिन केही महत्वपूर्ण कार्य गर्नाले उसले सफलता पाउने उल्लेख गरिएको छ । ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । के तपाई कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशी सवै मिलाएर काम गर्दा तपाईलाई सफलता मिल्छ ।

Sana Kishan

मानिहरुले कुनै पनि शुभकार्य गर्दा दिन हेराएर मात्रै गर्ने गरेको पाइन्छ । हिन्दुधर्म शास्त्र अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषयहरुमा तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ।

कुनै पनि शुभ कार्य गर्नुपर्दा सवैभन्दा पहिले गणेशको पूजा गर्नुपर्ने हुन्छ । ज्योतिषशास्त्र अनुसार आइतबार के के काम गर्दा सफलता मिल्छ भन्ने बारेमा यहाँ प्रस्तुत गरिएको छ ।

आइतबारका दिन राज्याभिषेक गर्ने, मन्त्र–उपदेश गर्ने, गीत, वाध्य, पलाकिमा बस्ने, राजसेवा, औषधी निर्माण गर्ने, गाईगोरु किनबेच गर्ने, हवन गर्नाले लाभ हुने शास्त्रमा उल्लेख गरिएको छ ।

शास्त्रानुसार आइतबारका दिन सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार गर्नु उपयुक्त मानिन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.