Wednesday, November 25, 2020

सरकारले मात्रै सीमाको रक्षा गर्न सक्दैन: गृहमन्त्री थापा

- Advertisement -

गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन्।

’सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्छन्’, उनले भने। सीमा क्षेत्रका नागरिकको सुरक्षा र उचित व्यवस्थापन गर्न सके मात्रै सीमा बलियो हुनसक्ने उनले बताएका छन्।

दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्‍वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको बताए।

उनले यस क्षेत्र पर्यटनको ठूलो सम्भावनासमेत रहेकाले यहाँको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गरेका छन्। गृहमन्त्री थापाले यो क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताए।

’व्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याइन्छ’, उनले भने, ’कर्मचारीलाई स्थायी रुपमा राख्‍ने गरी पठाइन्छ।’

गृहमन्त्री थापासँग व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, गृहसचिव महेश्‍वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्‍ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायत थिए।
च्भबम mयचभ बतः जततउकःररतजबजबपजबदबच.अयmरलभधकरज्ञण्डटघट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया