![](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/04/Sumana_4.jpg.jpg)
काठमाडौँ – शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग भएको बताएकी हुन् ।
उनले भनेकी छन्-
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर खुसी लाग्यो । हामीहरू सबै सहमत छौँ भने पछि यसमा विवाद हुनु पर्ने जस्तो केहि पनि नहुनु पर्ने हो । बरू राजनीतिक दलहरूले शिक्षालयमा बनाएका शिक्षकका दलीय संगठन र शिक्षकहरूको आफ्नो पार्टीमा भएको सदस्यता खारेज गरियो भन्ने आधिकारिक विज्ञप्ति आउनु पर्ने हो ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
माछा देख्दा दुलोभित्र हात, सर्प देख्दा दुलो बाहिर हात गर्ने दलहरूको चरित्र थाहा पाएर शिक्षकहरू स्वयमले पनि दलबाट स्वतन्त्रता खोज्नु पर्ने हो । दलीय शिक्षक संगठन खारेज हुनु पर्छ भन्ने मत हुँदाहुँदै पनि खारेज नहुनुको कारण राजनीतिक स्वार्थ र कहिलेसम्म उपयोग गर्ने भन्ने भन्दा अरू के होला र ?
अनुरोध गर्छु, शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो । शिक्षकको आदर्श र महत्वको प्रदुषण हो । शिक्षकहरूको सरुवा, बढुवा र समग्र वृत्तिविकासको लागि राजनैतिक दलको झण्डा बोक्नै पर्ने अवस्था छ भन्ने गुनासो सुनेको छु । त्यसको लागि पारदर्शी प्रकृया तोकौं, मेरिटको आधारमा गरौं, दलको अघि शीर झुकाउनु पर्ने नबनाऔँ । शिक्षकहरूलाई सम्मानपूर्वक आफ्नो काम गर्न दिउँ । सबै शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौँ । विश्वास छ, यति प्रष्टरूपमा दलका शिक्षक संगठन चाहिदैन भन्ने साथीहरूले यो अभियानमा सहयोग गर्नुहुनेछ ।-न्युजकारखाना
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)