Thursday, October 1, 2020

आफ्नो प्यारो भन्दा प्यारो ब्यक्तिसंग यी ४ काम कदापी नगर्नुहोस !!

- Advertisement -

मानिसको सम्बन्ध केवल रगतको मात्र हुँदैन । कुनै(कुनै सम्बन्ध त्यस्ता पनि हुन्छन्, जुन मनसँग जोडिएको हुन्छ । मनसँग जोडिएको सम्बन्ध कहिलेकाहीँ रगतको सम्बन्धभन्दा पनि महत्वपूर्ण र बलियो हुन्छ ।

मनसँग जोडिएको सम्बन्धहरु मध्ये मित्रताको सम्बन्ध अति नै महत्वपूर्ण र प्यारो हुन्छ । मानिसलाई आफ्नो हरेक कुरा सेयर गर्नका लागि एउटा मित्रको आवश्यकता हुन्छ । जसले उसको हरेक कुरा सुनोस् र उसलाई हरेक क्षण साथ देओस् । त्यस्तो साथी उसलाई सबैभन्दा प्यारो र महत्वपूर्ण हुन्छ ।

विशेष गरेर युवती तथा महिलाहरु आफ्नो मिल्ने साथी समक्ष खुल्ला किताब जस्तै प्रस्तुत हुन्छन् । अर्थात् आफ्नो निजीदेखि गोप्य कुराहरु पनि उनीहरुलाई सुनाउँछन् । उनीहरु आफ्नो साथीलाई आँखा बन्द गरेर भरोसा गर्छन् ।

यद्यपि, जुन हितैषीलाई भरोसा गरिन्छ । के उनी वास्तवमै भरोसाको लायक छिन् त ? साथी जतिसुकै नजिक भएतापनि केही त्यस्ता कुराहरु हुन्छन् । जुन उनीहरुलाई बताउनु हुँदैन ।

आफ्नो साथीसँग धेरै हाँसो(ठट्टा गर्नुपर्छ, रमाउनु पर्छ र कुराहरु पनि गर्नुपर्छ । तर, आफ्नो निजी जिन्दगीको कुराहरु विशेष गरेर यौनजीवनको बारेमा कहिल्यै कुरा गर्नुहुँदैन । आज उनी तपाईंको मिल्ने साथी छिन् ।

तर, भोलि कुनै कारणले तपाईंहरुबीच मनमुटाव हुनसक्छ । त्यस्तो स्थितिमा उनले तपाईंको निजी र गोप्य कुराको गलत फाइदा उठाउन सक्छिन् ।

युवतीहरु साथीलाई आफ्नो प्रेमीसँग सम्बन्धित हरेक कुरा बताउँछन् । उसको र आफ्नो सम्बन्धको बारेमा हरेक कुराको जानकारी साथीलाई दिने गर्छन् ।

यहाँसम्मकी विवाह अगाडि नै प्रेमीसँग भएको यौनसम्बन्धको बारेमा समेत सबै कुरा बताउँछन् । के यो कुरा पनि बताउन आवश्यक छ ? कुनै कारणले तपाईंको विवाह त्यो पुरुषसँग भएन भने त्यो कुरालाई लिएर तपाईंकी साथीले तपाईलाई बदनाम पनि गर्न सक्छिन् ।

केही युवतीहरु त आफ्ना प्रेमीहरुको अति नै निजी र अन्तरंग क्षणहरुको फोटो अथवा भिडियो समेत आफ्ना साथीलाई पठाउने गर्छन् । त्यसो गरेर उनीहरुले आफ्नो खुट्टामा आफैंले बन्चरो हानिरहेका हुन्छन् ।

खुलेर चर्चा गर्नु हुँदैन

विवाहित महिलाहरुलाई पनि कोही न कोही त्यस्तो साथीको आवश्यकता हुन्छ । जसलाई आफ्ना सबै कुराहरु सुनाउन सकियोस् । तर, कहिलेकाहीँ त्यही साथीले तपाईंको पछाडि तपाईंलाई नै हाँसोको पात्र अथवा तपाईंको खिल्ली उडाउने गर्छिन् । तपाईंको घरगृहस्थीको सामान्य कुरा भन्न कुनै समस्या हुँदैन ।

तर, अति व्यक्तिगत, गोप्य विशेष गरेर श्रीमान्(श्रीमतीको यौन सम्बन्धको कुरा खुलेर चर्चा गर्नु राम्रो होइन । यो तपाईं र तपाईंको श्रीमानबीचको गोपनीयताको उलंघन हो ।

केही नजिकका साथीहरु धेरै चतुर हुन्छन् । जसले तपाईंसँग तपाईंको जिन्दगीको गोप्य कुराहरु ओकल्न लगाउँछन् । तर, आफ्नो बारेमा केही पनि भन्दैनन् । तपाईं उसलाई आफ्नो सम्झेर सबै कुरा भन्नुहुन्छ ।

तर, उनले तपाईंलाई आफ्नो जिन्दगीको त्यति मात्र कुरा भन्छिन् जति उनलाई भन्नुपर्छ जस्तो लाग्छ । अर्थात् आफ्नो गोप्य कुरा लुकाएर अरुको कुरा थाहा पाउन उनीहरुलाई रुचि हुन्छ ।

कामकाजी युवती अथवा महिलाहरु आफ्नो हाकिम, समकालीन, सहकर्मीहरु आदिसँग सम्बन्धित कुरा पनि आफ्नो मिल्ने साथीलाई बताउँछन् । अफिसमा कसको कोसँग चक्कर चलेको छ अथवा हाकिम उसँग कति घनिष्ठ अथवा नजिकको सम्बन्ध छ भन्ने जस्ता सम्पुर्ण कुरा साथीलाई सुनाउने गर्छिन् ।

जुन कुरा एउटा युवतीले आफ्नी आमालाई अथवा महिलाले आफ्ना श्रीमान्लाई बताउँदैनन् । ती कुराहरु समेत आफ्नी साथीलाई सजिलै बताउनुको कारण के हो ? के उनी आमा अथवा श्रीमान्भन्दा पनि विश्वसनीय अथवा हितैषी छिन् त ?

मिल्ने साथीसँग कुनै विषयमा विचार(विमर्श गर्नु अथवा उनको सल्लाह लिनु र सल्लाह बमोजिम गर्नु अर्को कुरा हो । तपाईंले आफ्नो साथीसँग सल्लाह अवश्य गर्नुपर्छ ।

तर, त्यति मात्र गर्नुपर्छ, जति तपाईंलाई उचित लाग्छ । किनभने कुनै निर्णय त्यस्ता हुन्छन्, जसमा यदि गलत भयो भने जिन्दगीभरी पछुताउनु पर्छ ।

निजी कुराहरु अरुलाई सुनाउनु हुँदैन

केही युवतीहरु केवल आफ्नो प्रेमीसँग भएको यौनसम्बन्धको कुरा मात्र गर्दैनन् । उनीहरुले गर्भपतन गराएको छ भने त्यसका बारेमा पनि जानकारी दिन्छन् ।

केही युवतीहरु खुल्ला विचारका हुन्छन् र यौन स्वच्छन्दतामा विश्वास राख्छन् । त्यस्ता युवतीहरुको धेरै पुरुषहरुसँग यौन सम्बन्ध राख्न सक्छन् । यदि उनीहरुले आफ्ना त्यस्ता गोप्य कुराहरु साथीसँग भन्छन् भने आफ्नो नै अहित गर्छन् ।

केही महिलाहरु आफ्नो मिल्ने साथीलाई आफू र आफ्नो श्रीमानको विवाहेत्तर सम्बन्धको बारेमा बताउँछन् । त्यसरी उनी आफ्नी साथीलाई राजदार बनाउँछिन् । तर, साथीले कहिले र कहाँ त्यस्तो गोप्य कुरा खोलिदिन्छिन् ।

त्यो कसैलाई थाहा हुँदैन । त्यस्ता कुराहरुले तपाईं भविष्यमा जुनै समय पनि समस्यामा पर्न सक्नुहुन्छ ।

नाटक र देखावटी

जब मिल्ने साथीसँग सम्बन्ध टुट्छ । उनले तपाईंको विगतको जिन्दगीलाई लिएर ब्ल्याकमेल गर्न सक्छिन् । किनभने तपाईंको सबै गोप्य कुरा प्रमाण सहित उनलाई थाहा हुन्छ । जसलाई तपाईंले चाहेर पनि नकार्न सक्नुहुन्न ।

केही युवतीहरु हितैषी भएको नाटक अथवा देखावटी गर्छन् । तर, उनीहरुको मनमा शुरुदेखि नै छलकपट हुन्छ । उनीहरु आफ्नो चालमा सफल हुन्छन् र यसको बारेमा तपाईंलाई थाहा समेत हुँदैन ।

तपाईंले थाहा पाउँदा धेरै ढिला भइसकेको हुन्छ । साथी बनेर पछाडिबाट छुरा रोप्ने युवती अथवा महिलाहरुको कमी छैन ।

सुरुमा उनले तपाईंको विश्वास जित्छिन् । जब तपाईंलाई उनीप्रति भरोसा हुन थाल्छ । त्यसपछि उनले तपाईंको जिन्दगीको सम्पूर्ण किताब पढ्न थाल्छिन् । जसबाट कहिले र कुन पन्नालाई एउटा हतियारको रुपमा प्रयोग गर्छन्, त्यो कुरा तपाई कल्पना पनि गर्न सक्नुहुन्न ।

साथी बनाउनुपर्छ

केही साथीहरुलाई विशेष दर्जा पनि दिनुपर्छ । तर, आँखा बन्द गरेर उनीहरुमा भरोसा गर्नु बुद्धिमानी होइन । त्यसको अर्थ कसैमा पनि भरोसा अथवा विश्वास नगर्नु भन्ने होइन अथवा हरेक साथीलाई शंकाको दृष्टिकोणले हेर्नुपर्छ भन्ने पनि होइन ।

तर, आफ्नो साथीसँग गोप्य कुराहरुलाई सेयर नगर्नु बुद्धिमानी हुन्छ भन्ने हाम्रो उद्देश्य हो । जसले तपाईंको मित्रताको नाजायज फाइदा उठाउन नसकोस् ।

केही कुरा त्यस्ता हुन्छन् । जुन तपाईं र तपाईंको प्रेमी अथवा श्रीमान्( श्रीमतीबीच सीमित रहनुपर्छ । यदि तपाईं साथीलाई सबै गोप्य कुरा बताउनुहुन्छ भने तपाईंको प्रेमी अथवा श्रीमानको भरोसा तोड्नु बराबर हो । यो राम्रो कुरा होइन ।

कुनै रहस्यहरु त्यस्ता हुन्छन् । जुन जिन्दगीभरी रहस्य नै बनिरहृयो भने राम्रो हुन्छ । अन्यथा जिन्दगीमा ठुलो उथलपुथल मच्चिन सक्छ । त्यसैले तपाईंले आफ्ना केही गोप्य कुराहरु आफ्नो साथीलाई पनि बताउनुहुँदैन । केटीएम दैनिक

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया