Saturday, November 28, 2020

पैसा लिन थालेदेखि सांसदको हैसियत वडाअध्यक्षको जस्तै भयोः गगन थापा

- Advertisement -

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले सांसदहरूले विकासका नाममा पैसा लिन थालेदेखि हैसियत खस्किएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद थापाले सांसदहरूले विकासका नाममा बजेट नलिएर नीति निर्माताका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

बजेट निर्माणमा भूमिका खेल्नुपर्ने सांसदले मन्त्रीको ढोकामा योजना माग्न गएपछि हैसियत खस्किएको थापाको भनाइ थियो । ’बजेट निर्माणमा संसदको भूमिका के ? विधायकको भुमिका के ? हामीले बोक्ने विचारधाराको अर्थ र सम्बन्ध के रहन्छ ?,’ सांसद थापाले भने, ’हामी मन्त्रीको ढोकामा दौडियौं, कहिले चुरोटको खोलको चिर्कटोमा योजना लेखेर कहिले आफ्नो लेटरप्याडमा लेखेर पुग्यौं । प्रधानमन्त्री त पुग्नुभयो !’

सांसदको हैसियत त्यसरी मन्त्रीको ढोकामा कुद्न थालेपछि बिग्रिएको थापाको भनाइ थियो । ’पहिलाको भन्दा स्थिति झन बिग्रीयो, जहिलेबाट हामीले स्थानीय पूर्वाधार विकास साझेदारी कोष नाम दियौं । यसबाट वडअध्यक्ष जस्तो पैसा लिन थाल्यौ । पहिलेको भन्दा स्थिति झन बिग्रियो । हाम्रो हैसियत अहिले वडाअध्यक्षको जस्तो भएको छ ।’

सांसदहरूले आफ्नो हैसियत कायम गर्नका लागि त्यो रकम लिन्नौं भन्न सक्नुपर्ने थापाको आग्रह छ । उनले बजेट र मन्त्रालयगत विनियोजनमाथि सांसदहरू जति बोले पनि केही परिवर्तन नहुनुमा त्यसरी विकास बजेट माग्न जानु र स्थानीय पूर्वाधार साझेदारी कोषको नाममा रकम लिनु रहेको बताए ।

’यसलाई बदल्ने कुरामा सांसदले गुनासो र गनगन गरेर मात्रै हुँदेन । हामी साच्चिकै यसलाई बदल्न चाहन्छौ भने हामीले हस्तक्षेप गर्नका निम्ती केही अभ्यास बदल्नु छ । केही कानुन बदल्नु छ र त्यसको प्रारम्भ हामी वडाध्यक्ष होइन विधायक भएर गरौं । यो कोषलाई बजेटबाट हटाउनका निम्ती सरकारलाई भन्छौं भनेर त्यहाबाट सुरु गर्नुपर्छ,’ थापाले आग्रह गरे ।

सांसदहरूले सर्वसाधारण जनताका कुरा उठाउँदा अर्थमन्त्री युवराज खतिवडाले नसुनेको सांसद थापाको भनाइ थियो । उनले भने, ’सरकारले रोग, भोक, सुत्केरीले उपचार नपाएर मरेको देखेन भनेर भन्यौं । खासगरी अर्थमन्त्रीलाई भन्यौं । त्यो भन्दाखेरि अर्थमन्त्रीको अफ्ठेरो हामीले बुझेनौं । हामीले कुरा गरेको भुँइ मान्छेहरूको बारेमा हो । अर्थमन्त्री अग्लो हुनुहन्छ। अग्लो मान्छेलाई भुँइतिर हेर्न गाह्रो हुन्छ, त्यै भएर नदेखेको हो । पीडा उहाँको पनि बुझिदिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित म छोरी मान्छे भएर, मैले...

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको आर्यघाटमा बेवारिसे शव जलाउने सपना रोका मगर बिबिसीको १० प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले सार्वजनिक गरेको...

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक मृत फेला

विकास सिह महता / कञ्चनपुर, मंसिर  वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक मृत  फेला परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल...

सु’त्नुभन्दा पहिले एक गिलास ता’तोपानी पि’उने गर्नुहोस। केहि दिनमै देख्नुहुन्छ च’मत्कार

स्व’स्थ रहनको लागि दिनभरीमा ८ देखि ९ गिलास पानी पि’उन आवश्यक छ । चिसो मौसममा हल्का मनता’तो पानी नै पिउनु फाइदाजनक हुने वि’शेषज्ञहरु बताउँछन्...

रेडियो नेपालमा गाउँदा फेल भएको गीत बीबीसीमा प्रथम

स्वर परीक्षाका लागि रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गीतकार भूपाल राईद्वारा रचित गीत गाउँदा राधा राई अनुत्तीर्ण भइन् । यो संवत् २०६१ को...

थाहा पाउनुहोस् के हो ॐ को अर्थ ?

सनातन हिन्दू धर्ममा उच्चारण गरिने सबै मन्त्रको सुरुवात ॐ बाट नै गरिन्छ । यो शब्द तपाई हामी सबैले सुनेका छौँ र प्राय हामी सबैले...

देशले राजा र हिन्दुराष्ट्र मागेकै हो त ? पूरा विवरण पढेर...

जनाताबाट छानिएका प्रतिनिधीहरुबाट जनताकै हितका लागी भनिएको राज्य ब्यबस्थाले पनि जनताको आसातित कार्यहरु गर्न नसकिरहेको बर्तमानमा फेरी पनि बिकल्प सोच्न बाध्य पारिएका छन जनताहरुलाई।यसै...

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया