सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देउडा गायक महेश कुमार औजी दक्षिण कोरिया आउने

खेम साउद , दक्षिण कोरिया

कोरियाली नयाँ बर्ष सलनालमा देउडा गायक महेश कुमार औजी कोरिया आउने भएका छन । सुदुरपश्चिम समाज दक्षिण कोरियाले जनवरी २४ तारिकमा आयोजना गर्न लागेको समाजको १४औं साधारणसभा तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन औजी कोरिया आउन लागेका हुन ।

कोरियामा क्रियाशील सामाजिक संघ संस्थाहरुमा अग्रणी सामाजिक संस्था सुदुरपश्चिम समाज दक्षिण कोरिया सन २००५ मा स्थापना भए पश्चात निरन्तर सामाजिक कार्यहरुमा सक्रिय छ । समाज ले गत छुसकमा मात्रै नेपालका ख्यातिप्राप्त कलाकारहरुको साथमा वृहत सांस्कृतिक कार्यक्रम सेती महाकाली सांगितिक सौगात भाग-३ को आयोजना सम्पन्न गरेको थियो भने यस पटक सलनालको अवसर पारेर देउडा लाइभ कार्यक्रम को लागि गायक औजीलाई बोलाउन लागिएको समाज का अध्यक्ष लाल बहादुर साउदले बताउनु भयो ।

Sana Kishan

औजीका घुम बादल अपि का रोल, सुदुरपश्चिम स्वर्ग सरी लगायत थुप्रै लोक तथा देउडा गीतहरु चर्चा को शिखरमा छन।
कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको र अतिथि कलाकार महेश कुमार औजी को भिषा समेत लागि सकेको छ। कार्यक्रम जनवरी २४ तारिक सउल मेट्रो लाइन नं ३ को बुल्ग्वाङ स्टेसन गेट नं २ स्थित प्रवासी मजदुर युनियनको हलमा आयोजना हुने र दिउँसो १२ बजे शुरु हुने समाजका महासचिव दिल बहादुर मडैले जानकारी गराउनु भयो।

सोही अवसरमा समाजका अध्यक्ष लाल बहादुर साउदद्वारा रचित र महेश कुमार औजी लगायत कलाकारहरुको स्वरमा भर्खरै मात्र तयार पारिएको सुदुरपश्चिम समाज दक्षिण कोरियाको एकता, सहयोग, सद्भाव र भाईचारा, सुदुरपश्चिम समाज कोरिया को नारा भन्ने सन्देशमुलक समाजको गीत पहिलो पटक सार्वजनिक गरिने भएको छ ।

यसै बीच समाजले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रममा उपस्थिती का लागि हार्दिक अपिल गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.