सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रिन्सीपलसहित तीन शिक्षकद्दारा कञ्चनपुरमा एक बालक निर्घात कुटिए

कञ्चनपुर, असार १८
कञ्चनपुरको एक निजी बोडिङ्ग स्कुलका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेका छन् । भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीलाई शिक्षकले कुटपिट गरेका हुन् ।
विद्यालय बाहिर साथीभाईसंग झैझगडाको विषयलाई लिएर विद्यालयका प्राध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्राको परिवारले बताएका छन् । कक्षा ९ मा अध्ययनरत कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बाबु बिरस्पती कलौनीले बताए ।
प्रअ यशोदा जोशी, शिक्षकद्वय लक्ष्मण दत्त भट्ट र दुर्गादत्त पाठकले कुटपिट गरेर घाईते बनाएको उनले बताए । कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट र दायाँखुट्टा भाँचिएको छात्राका बाबुले बताए ।
‘मेरो छोरोलाई शिक्षकले विद्यालयमै सामुहिक रुपमा कुटपिट गरिदिए, ‘उनले भने, ‘उतिबेला छोराले डरले हामीसंग भनेन्, पछि मात्रै कुटपिट गरेको थाहा भयो ।’

आईतबार प्रअ जोशीले आफुलाई टेलिफोन गरेर विद्यालयमा बोलाएर छोरालाई जिम्मा लगाईदिएको उनले बताए । ‘तपाईको छोराले ठुलो गल्ती ग¥यो, लैजानुहोस भन्यो, ‘उनले भने, ‘नाबालक छोरा भएकाले प्रहरीमा उजुरी नदिनुहोस भनेर आग्रह गरेर ल्याए ।’

माधवले विद्यालयका अन्य साथीभाईसंग पनि कुटपिट गर्ने झै–झगडा गर्ने र खुकुरी समेत प्रहार गर्ने जस्ता कृयाकलाप गरेकाले उनलाई विद्यालयले निकाला गरिदिएको छ ।
विद्यालयलले माधवलाई बाबुको जिम्मा लगाउदै उनको (टिसी) ट्रान्सक्रिप्ट सर्टिफिकेट र (सिसी) क्यारेन्टर सटिफिकेट समेत दिएर विद्यालयबाट विदाई गरिदिएका छन् ।
बैतडी शिवनाथ गाउँपालिका–२ सर्मली घर भएका कलौनीले घर पुगेपछि बेसन्चो लागेको बताएका थिए । परिवारले उनलाई डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा उपचार गराए । त्यहाँ उनको खुट्टामा पलस्तर गरेर थप उपचारका लागि रिर्फर ग¥यो, बुधबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि ल्याएका थिए, त्यहाँ पनि उनको उपचार हुन नसकेपछि थप उपचारका लागि कलौनीलाई रिर्फर गरेपछि परिवारले उनलाई नेपालगन्ज शिक्षण अस्पतालमा उपचार गराईराखेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

विद्यालयले भने उनलाई अहिलेको अवस्था जस्तो कुटपिट नगरेको र विद्यालयमा समान्य अनुशासन व्यवस्थापनका लागि दुई थप्पड मात्रै हानेको जनाएको छ । विद्यालयका प्रअ यशोदा जोशीले उनी विद्यालयको अनुशासन भन्दा बाहिर गएर अबान्छित कृयाकलापमा संलग्न हुने र ठुलै घटना घटनाउने भएकाले उनलाई अभिभावको जिम्मा लगाएको बताए ।
‘हामीले कुटपिट गरेको छैनौँ, ‘उनले भनिन, ‘अनुशासन मेन्टेनका लागि शिक्षकले समान्य दुई झापड मात्रै हानेको हो ।’ विद्यालयका खुकुरी ल्याएर झै–झगडा गर्ने आदित्य लुहारलाई सहायक–प्रिन्सिपल दुर्गादत्त पाठक र कलौनीलाई कोडिनेटर लक्ष्मण दत्त भट्टले दुई दुई झापड हानेको स्वीकार गरेका छन् । उनीहरुले विद्यार्थीमाथी कुटपिट गर्ने आफुहरुको मनसाय नभएकाले समान्य अनुशासन कायम गर्नका लागि झापड मात्रै हानेको स्वीकार गरेका छन् ।
सहायक प्रअ पाठकले १०असारमा गाउँमै एक विवाहमा माधव कलौनी र विद्यार्थीविच विवाद भयो, सोही विवादको विषयलाई लिएर माधवले विद्यार्थीमाथी कुटपिट गर्न थाले, संगै उनले दिवसलाई खुकुरी ल्याउन भनेपछि त्यो घटना थाहापाएपछि कार्यालयमा बोलाएर सम्झाउदै समान्य झापड हानेर बताए ।
‘हामीले झापड मात्रै हाने, प्रहरी सहित उनलाई अभिभावकको जिम्मा लगाउदै स्वास्थ्य अवस्था ठिकै थियो, ‘उनले भने, ‘सातापछि आएर उनको अवस्था देखेर अचम्म लागेको छ ।’ कञ्चनपुरका विद्यार्थी संगठनले पनि घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।
निजी विद्यालय घोकन्ते रुपमा पढाउने र सस्तो लोकप्रियताका कारण विद्यार्थीलाई दण्डित र मानसिक दवाव दिएर क्षणभरका लागि राम्रो देखाउने प्रवृतिको उपज घटना भएको बताएका छन् । अखिल क्रान्तिकारीका नेता तिलक मालले जानजान घटना घटाएको भन्दै दुखत भएकाले छानबिन हुनपर्ने बताए ।

Dirghayu Ads

अनेरास्ववियुका नेता प्रज्वल कुँवरले घटनाको कारण पत्ता लगाउदै दोषिलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । बैद्य क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदले विद्यालय शान्ति क्षेत्र घोषणा भएपनि विद्यार्थीमाथी कुटपिट निन्दनीय काम भएकाले घटनाको छानबिनको माग गरे ।

कञ्चनपुर प्रहरीले विद्यालयमा भएको घटनाको छानबिन गरिने जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आचार्यले दुवैपक्षका कुरा सुनेर घाईतेको उपचार गराउनुपर्ने र के कारणबाट छात्र घाईते भएको विषयमा अन्य क्षेत्रबाट कारण पत्ता लगाईने बताए । विद्यालयमा ल्याएको कुखुरी विद्यार्थी दिवस लुहारको घरबाट बरामद गरेर विद्यालयले प्रहरीलाई बुझाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.