Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट नगरपालिकाका दसै वडामा निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

प्रकाश भट्ट by प्रकाश भट्ट
२०८१ चैत्र २४, आईतवार ०८:४१
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – वेदकोट नगरपालिकाका दस वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ। नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित यो शिविर चैत २१ गतेदेखि सुरु भएको हो। स्थानीय बासिन्दालाई आँखा सम्बन्धी समस्याको पहिचान र उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमले नगरवासीको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शिविरको पहिलो दिन चैत २१ गते वडा नम्बर -१ मा, २२ गते वडा नम्बर -३ मा र २३ गते वडा नम्बर -४ मा सम्पन्न भइसकेको छ। त्यसैगरी, आगामी दिनहरूमा चैत २५ गते वडा नम्बर -२, २६ गते वडा नम्बर -५, २७ गते वडा नम्बर -६, २८ गते वडा नम्बर -७, २९ गते वडा नम्बर -८, ३० गते वडा नम्बर -९ र ३१ गते वडा नम्बर -१० मा शिविर सञ्चालन हुने वेदकोट नगरपालिकाका कर्मचारी प्रकाश कलौनीले जानकारी दिएका छन्।

वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यो शिविरले ग्रामीण क्षेत्रका बासिन्दालाई घर आँगनमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको बताए। उनले भने, “हाम्रा नागरिकले आँखा सम्बन्धी समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउन र निःशुल्क सेवा उपलब्ध गराउन यो पहल गरेका हौँ।”

धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दले शिविरमा आँखाको सामान्य चेकजाँचदेखि जटिल रोगहरूको पहिचान र उपचारसम्मको व्यवस्था गरिएको जानकारी दिए। उनले भने, “हामीले मोतीबिन्दु, जल विन्दु जस्ता रोगको निःशुल्क उपचार र औषधि वितरणको व्यवस्था गरेका छौँ। यो सहकार्यले धेरैको जीवनमा उज्यालो ल्याउने विश्वास छ।”

वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिसा पालले शिविरमा आँखाको चेकजाँच, मोतीबिन्दु र जल विन्दुको निःशुल्क उपचार, नजिकको चस्मा वितरण र औषधि निःशुल्क उपलब्ध गराइने बताइन्। “मोतीबिन्दु र जल विन्दु भएका बिरामीका लागि एकतर्फी गाडी भाडा पनि प्रदान गरिनेछ,” उनले थपिन्।

शिविरले स्थानीय बासिन्दालाई आँखा सम्बन्धी समस्याबाट मुक्ति दिलाउन र उनीहरूको जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०८१ चैत्र २४, आईतवार ०८:४१
मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन
स्वास्थ्य

मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन

२०८१ चैत्र २४, आईतवार ०८:४१
स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य

आइतबार र शनिवार सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

२०८१ चैत्र २४, आईतवार ०८:४१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८१ चैत्र २४, आईतवार ०८:४१
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८१ चैत्र २४, आईतवार ०८:४१
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८१ चैत्र २४, आईतवार ०८:४१
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८१ चैत्र २४, आईतवार ०८:४१
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८१ चैत्र २४, आईतवार ०८:४१
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८१ चैत्र २४, आईतवार ०८:४१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व