गएको सोमबारदेखि लगातार घटिरहेको सुनको भाउ आज भने सामान्य बढेको छ । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलामा २ सय ५० रुपैयाँ बढेर ४ हजार २ सय ३५ रुपैयाँ पुगेको थियो ।
यो हप्ता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सात महिनाकै न्यून स्तर नजिक ओर्लिएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले ब्याजदर बढाउन सक्ने अपेक्षा बलियो बन्दै जाँदा सुनको मूल्यमा दबाब परेको हो ।
बजार विश्लेषकहरूका अनुसार आगामी सेप्टेम्बरमा ब्याजदर बढ्ने सम्भावना बढेकाले सुनको मूल्यमा दबाब परेको छ ।










Discussion about this post