जङ्गल नास्नु छ मलाई घर बसाउनु छ
एक गाउँ छ उखेलेर सहर बसाउनु छ
भौतारिएर उडेका सपनाहरू समेटदै
विसङ्गत यो जीवन सरदर बसाउनु छ
कति हिड्नु ठिमिले यात्रा बोझ बोकि
अब एक ठाउँमा यो सफर बसाउनु छ
भगवान कहाँ बस्छन् पुराना मन्दिरमा
आफै खोजेर एउटा पत्थर बसाउनु छ
संघर्षको के हिसाब गर्नु आफ्नै जीवन
कुदेर आफ्नै हातले कलेवर बसाउनु छ
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post