Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव कञ्चनपुरमा सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १५, २०८१
सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव कञ्चनपुरमा सुरु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा मंगलबारदेखि सुरु भएको छ। नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरको आयोजनामा “साँस्कृतिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय सम्पदाको पहिचान, समृद्ध एवम् सुसंस्कृत समाज निर्माण हाम्रो अभियान” भन्ने मूल नारासहित महोत्सव सुरु गरिएको हो।

पूर्वमन्त्री तथा सांसद प्रकाश रावलले महोत्सवको उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा रावलले महोत्सवले सुदूरपश्चिमको आर्थिक गतिविधिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, उनले सुदूरपश्चिमका ठूला आयोजना सञ्चालनमा सरकारको उदासीनताले विकासमा बाधा पुगेको भन्दै चिन्ता व्यक्त गरे।

नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य जनकराज जोशीले महोत्सव ग्रामीण भेगमा उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धनका लागि आयोजना गरिएको बताए। उनका अनुसार महोत्सवले थलिएको अर्थतन्त्रमा योगदान पुर्‍याउनेछ।

नेपाल उद्योग व्यापार महासंघ सुदुरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुले स्थानीय तथा स्वदेशी उत्पादनको प्रदर्शनी, बिक्री, वितरण र प्रवर्द्धन गर्न महोत्सवले ठूलो भूमिका खेल्ने बताएका छन्। महोत्सवमा लघु उद्यम, अटोमोबाइल, कृषि, गार्मेन्ट, वैकल्पिक ऊर्जा, शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य वस्तुको प्रदर्शनी गरिँदैछ।

महोत्सव उद्घाटनका अवसरमा सुदूरपश्चिमका मौलिक छलिया, देउडा, थारुनाच लगायतका स्थानीय नृत्य प्रस्तुत गरिएको थियो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।

महोत्सवका साँस्कृतिक संयोजक करन पालका अनुसार महोत्सव अवधिभर सुदूरपश्चिमको लोक संस्कृति झल्कने कार्यक्रमहरू प्रस्तुत हुनेछन्। जिल्लाका अन्तरविद्यालयीय नृत्य प्रतियोगिता पनि हुनेछ, जसमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यसैगरी महोत्सवका संयोजक ललित परियारले महोत्सवबाट उठेको रकम सामाजिक सेवाका लागि उपयोग गरिने बताए। नेपाल आमाको मूर्ति निर्माण, नेपाल पत्रकार महासंघको अक्षयकोष स्थापना, र समाजकल्याण बाल अनाथालयलाई सहयोग गर्न प्रत्येक टिकटबाट रकम छुट्याइएको छ।

महोत्सवमा करिब १ लाख दर्शक आउने अपेक्षा गरिएको छ, जसमा छिमेकी मुलुक भारतबाट पनि दर्शकहरू सहभागी हुने अनुमान छ। महोत्सव अवधिमा करोडौँ रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

महोत्सव माघ २६ गतेसम्म सञ्चालन हुनेछ। साधारण प्रवेश शुल्क ८० रुपैयाँ र विद्यार्थीका लागि ४० रुपैयाँ कायम गरिएको छ। जेष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई विशेष छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित
स्थानीय सरकार

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३
बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता
स्थानीय सरकार

बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि मतदान शुरू

असार १२, २०८३
फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

फिफा विश्वकपमा आज राति समूह ‘आई’ का दुई रोमाञ्चक खेल

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व