कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको ट्रफी नेशनल प्याब्सन कञ्चनपुरले उचालेको छ।
शनिवार प्रतियोगिताको फाइनल खेलमा होटल व्यवसायी सङ्घ कञ्चनपुरलाई ४-० ले पराजित गर्दै नेशनल प्याब्सन कञ्चनपुरले जित निकालेको हो।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घले फागुन १२ गतेदेखि २१ गतेसम्म महेन्द्रनगरको खुल्लामञ्चमा आयोजना गर्न लागेको १६ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०८१ को अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरेको हो।
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका संयोजक तेज बहादुर चन्दले बताएका छन्।









Discussion about this post