Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

खोला तर्नुपर्ने जोखिम हटाउँदै बाजुरामा तीन झोलुङ्गे पुल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ८, २०८३
खोला तर्नुपर्ने जोखिम हटाउँदै बाजुरामा तीन झोलुङ्गे पुल
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बाजुरा । वर्षायाममा उर्लिएका खोला तर्न जोखिम मोल्नुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ। बाजुराका दुई स्थानीय तहका तीन स्थानमा झोलुङ्गे पुल निर्माण सुरु भएपछि स्थानीयवासीमा खुसी छाएको छ।

बुढीनन्दा नगरपालिका–४ को घोडाकोटी, बडीमालिका नगरपालिका–७ को जिल्लास्थित माउलेख र वडा नम्बर ६ को जडाङ्गास्थित बुढीगङ्गा खोलामा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो।

विशेषगरी घोडाकोटी र ताडी क्षेत्रका बासिन्दाले वर्षौंदेखि खोला तर्न सास्ती खेप्दै आएका छन्। खोलाको वारिपारि रहेका यी बस्तीका एक सयभन्दा बढी घरधुरीका स्थानीयलाई वर्षायाममा आवतजावत गर्न निकै कठिन हुने गरेको बुढीनन्दा नगरपालिका–४ का वडाध्यक्ष जुल्फे रोकायाले बताए।

प्रदेश सरकारको आर्थिक सहयोगमा घोडाकोटी खोलामा १५५ मिटर लामो झोलुङ्गे पुल निर्माण हुँदैछ। पुल निर्माण सम्पन्न भएपछि घोडाकोटी र ताडी क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।

तीनवटै पुल निर्माणको जिम्मा ठेकेदार कर्णबहादुर विष्टले पाएका छन्। यातायात पूर्वाधार निर्देशनालयसँग गत असारमा भएको सम्झौताअनुसार कुल ३ करोड २७ लाख रुपैयाँको लागतमा पुल निर्माण गरिनेछ।

योजनाअनुसार घोडाकोटी खोलामा १५५ मिटर, माउलेख खोलामा ७५ मिटर र जडाङ्गास्थित बुढीगङ्गा खोलामा १४५ मिटर लामो पुल निर्माण हुनेछ। सम्झौताअनुसार तीनवटै पुल २०८४ चैतसम्म सम्पन्न गर्नुपर्नेछ।

ठेकेदार विष्टले निर्धारित समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

यातायात पूर्वाधार निर्देशनालय दिपायलका कर्मचारी टेकेन्द्र कुँवरका अनुसार गत असारमै सम्झौता भए पनि वर्षायामका कारण निर्माण कार्य सुरु हुन सकेको थिएन। हाल तीनवटै पुलको लेआउट गर्ने काम सम्पन्न भइसकेको छ। केही दिनभित्रै शिलान्यास गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

तीनवटै पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। साथै स्थानीयको दैनिक आवतजावत, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवामा पहुँचसमेत सहज हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड बजेट माग
पूर्वाधार विकास

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड बजेट माग

मंसिर ८, २०८३
फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना
पूर्वाधार विकास

फ्लडलाइटसहितका आठ क्रिकेट रङ्गशाला बनाउने सरकारको योजना

मंसिर ६, २०८३
कुतियाकबरमा जग्गा नापजाँच सुरु, लालपुर्जा पाउने आशामा स्थानीय
फ्ल्यास हेडिङ

कुतियाकबरमा जग्गा नापजाँच सुरु, लालपुर्जा पाउने आशामा स्थानीय

मंसिर २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड बजेट माग

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि पाँच करोड बजेट माग

मंसिर ८, २०८३
खोला तर्नुपर्ने जोखिम हटाउँदै बाजुरामा तीन झोलुङ्गे पुल

खोला तर्नुपर्ने जोखिम हटाउँदै बाजुरामा तीन झोलुङ्गे पुल

मंसिर ८, २०८३
हिमाली सम्पदा संरक्षणमा सामूहिक प्रयास आवश्यक : मन्त्री चौधरी

हिमाली सम्पदा संरक्षणमा सामूहिक प्रयास आवश्यक : मन्त्री चौधरी

मंसिर ८, २०८३
भारतीय लगानी आकर्षित गर्न नेपालले नीतिगत सुधार तीव्र बनाउँदै

भारतीय लगानी आकर्षित गर्न नेपालले नीतिगत सुधार तीव्र बनाउँदै

मंसिर ८, २०८३
महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

मंसिर ८, २०८३
शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

मंसिर ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व