Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर ८, २०८३
शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्‍याएको भन्दै प्रधानाध्यापक संघ नेपाल (पान) ले कञ्चनपुरको बेदकोट नगरपालिकालाई राष्ट्रियस्तरको पुरस्कार प्रदान गरेको छ।

जनकपुरधाममा आयोजित संघको तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सुदूरपश्चिम प्रदेशबाट बेदकोट नगरपालिकालाई सम्मान गरिएको हो।

नगरपालिकाका प्रमुख भोजराज बोहराले पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट पुरस्कार तथा सम्मानपत्र ग्रहण गरेका छन्। सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुन जनकपुरधाम पुगेका नगरप्रमुख बोहराले उक्त सम्मान प्राप्त गरेका हुन्।

बोहरा नेतृत्वको स्थानीय सरकारले सामुदायिक विद्यालयको शैक्षिक सुधारलाई प्राथमिकता दिँदै माध्यमिक तहमा शिक्षक दरबन्दी अभाव पूर्ति गर्न नगर शिक्षक नियुक्ति, विद्यालयका भौतिक संरचना निर्माण तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विशेषगरी माध्यमिक तहमा स्वीकृत शिक्षक दरबन्दी अपुग भएपछि नगरपालिकाले आफ्नै स्रोतबाट अनुदानमा नगर शिक्षक नियुक्त गरी पठनपाठनलाई सहज बनाउने प्रयास गरेको छ।

पुरस्कार प्राप्त भएपछि नगरप्रमुख बोहराले यस सम्मानलाई सम्पूर्ण नगरवासीको उपलब्धिका रूपमा लिँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले नगर कार्यपालिका, नगर शिक्षा समिति, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, कर्मचारी तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने सबैलाई बधाई तथा धन्यवाद दिएका छन्।

पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट सम्मानपत्र ग्रहण गर्ने अवसर प्राप्त हुनु गौरवको विषय भएको उल्लेख गर्दै बोहराले बेदकोटलाई सम्मानका लागि छनोट गर्ने प्रधानाध्यापक संघ नेपालप्रति पनि आभार व्यक्त गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित
फ्ल्यास हेडिङ

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

मंसिर ८, २०८३
जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत
National News

जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

मंसिर ८, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै
अन्तर्राष्ट्रिय राजनीति

प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै

मंसिर ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

महेन्द्रनगरको उदयदेव सहकारी बन्यो उत्कृष्ट करदाता, चौथो पटक सम्मानित

मंसिर ८, २०८३
शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बेदकोट नगरपालिका राष्ट्रियस्तरमा सम्मानित

मंसिर ८, २०८३
जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

जनकपुरधाम पुग्यो ‘सरयू–कमला एक्सप्रेस’, मुख्यमन्त्रीसहितले गरे स्वागत

मंसिर ८, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै

प्रधानमन्त्रीको भारत भ्रमण : उपलब्धि सकारात्मक, राष्ट्रिय चासो अझै अधुरै

मंसिर ८, २०८३
प्रधानमन्त्री शाहको भारत भ्रमणले खोल्यो सहकार्यका नयाँ ढोका

प्रधानमन्त्री शाहको भारत भ्रमणले खोल्यो सहकार्यका नयाँ ढोका

मंसिर ८, २०८३
लिपुलेकमा मौन भारत, ईपीजी प्रतिवेदनलाई पुरानो विषयको संज्ञा

लिपुलेकमा मौन भारत, ईपीजी प्रतिवेदनलाई पुरानो विषयको संज्ञा

मंसिर ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व