यस्तै हो थाहा छ सबैको मन संसारी हुन्छ
भित्रभित्रै द्वन्द्व हुन्छ भित्रै समझदारी हुन्छ
कहिले उड्छ मन कहिले तैरिन्छ पानीमा
कहिले भोगी हुन्छ कहिले सदाचारी हुन्छ
कानुनी राज्यमा कानुन परिभाषित छैन
थाहा हुदैन कतिखेर को बलत्कारी हुन्छ
सँगसँगै हिडेको कोहि छैन यो दुनियाँमा
एउटै नदीको किनार पनि वारीपारी हुन्छ
तिमी धर्मको कुरा गर्छौ कसरी पत्याउनु
महोदय मन्दिरमा मुर्ती चोर्ने पुजारी हुन्छ
जब सबै दृश्यहरू छरपस्ट हुन्छन् अनि
यो मन हो जति रित्तियो उत्ति भारी हुन्छ
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post