बसेको छ दुनियाँ चोकचोकमा मजा लुट्नलाई
प्यार मोहब्बत खुद्रामा थोकमा मजा लुट्नलाई
सक्नेले लुट्छ नसक्ने लुटिन्छ गणतन्त्र यस्तै
तयार छन् यी हर्षमा शोकमा मजा लुट्नलाई
कसले सम्झाउन सक्छ उसलाई सत्तामा भए
अधिकार पायो आयो लोकमा मजा लुट्नलाई
मार्क्सवादका व्याख्याताहरू आजकल स्वयं
मस्त छन् कामशास्त्र कोकमा मजा लुट्नलाई
सौक पनि मान्छे अनुसार हुँदा रहेछन् अचम्म
तिमी मध्यरात आयौ झोकमा मजा लुट्नलाई
सम्बन्ध नै विश्वासको ब्यापार रहेछ आखिर
खोज्छन् मान्छेहरू भोकमा मजा लुट्नलाई
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post