काठमाण्डौ — संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उहाँले महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ।
महासभामा प्रधानमन्त्री शाहले नेपालले भोगिरहेको जलवायु परिवर्तनको असर, भोटेकोशी बाढीबाट भएको क्षति तथा जलवायु न्यायको विषय उठाउने तयारी गर्नुभएको छ। नेपालले न्यून उत्सर्जन गर्ने भए पनि जलवायुजन्य विपद्को ठूलो असर भोगिरहेको भन्दै अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति र जलवायु वित्तको विषयमा नेपालको धारणा राख्ने तयारी छ।
प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार उहाँ सेप्टेम्बर २६ मा नेपाल फर्कने कार्यक्रम छ।










Discussion about this post