बदमासी गरेर त कमाउन् जति उभो लाग्दैनन्
श्रम शोषण गर्नेहरूका सन्तति उभो लाग्दैनन्
जसरी कमायौ उसैगरी गुम्छ बुझ्दैन यो मान्छे
थुपार्न सक्छन् धेरै धन सम्पती उभो लाग्दैनन्
प्रकृतिले सबैलाई न्याय गर्छ पर्खिन सक्नुपर्छ
केही दिन हुनसक्छ बलजफ्ती उभो लाग्दैनन्
पैसा कमाउन नसकिएला बाँच्न सकिन्छ तर
यति गिरेको छ मान्छेको मति उभो लाग्दैनन्
सम्पती थुपार सन्तती बन्दैन इतिहास साक्षी छ
तिम्रै कारण एकदिन हुन्छ क्षती उभो लाग्दैनन्
के लगेर जान्छौ मरेको दिन आफूसँगै श्मसान
नगर्नुस् महोदय यतिसम्म अति उभो लाग्दैनन्









Discussion about this post