कोहि बनाउन गएको फस्छ, लेख्न मन लाग्छ
कोहि फसाउन गएको फस्छ लेख्न मन लाग्छ
जहाँ गएको भएपनि उस्तै हो भन्छन् मुर्खहरू
स्वयम रमाउन गएको फस्छ लेख्न मन लाग्छ
मान्छे राक्षस भएको छ सिकार गर्दै हिडेको छ
डाक्टर बचाउन गएको फस्छ लेख्न मन लाग्छ
न्यायाधीशहरूको त व्यापार हुन्छ न्यायालयमा
वकिल जिताउन गएको फस्छ लेख्न मन लाग्छ
झन तल गिर्दै छन् मान्छे संवेदनाहीन बन्दै छन्
विचरा! उठाउन गएको फस्छ लेख्न मन लाग्छ
(डाक्टर मौनिताप्रति समर्पित )