दर्शन मिल्दैन सिद्धान्त मिल्दैन विचार मिल्दैन
कसैसँग भावना मिल्दैन कतै व्यवहार मिल्दैन
सम्बन्धहरूको पनि व्यापार राम्रो छ बजारमा
अब बिनापैसा त इज्जत सम्मान यार मिल्दैन
नजिकै जस्तो देखिन्छ दुनियाँ साथी आफन्त
तर मिल्दैन जसरी नदीको दुई किनार मिल्दैन
आलोपालो भागबण्डा मिलाउनु पर्छ सबैको
सधैभरी बसिरहन अवश्य बालुवाटार मिल्दैन
भाग्यमानी छौ तिमी आफै सरकार बनाउछौ
संसारमै खोज्नु यस्तो नमुना सरकार मिल्दैन
सरकारले रोज्न लगाउछ र भन्छ के रोज्दछौ
कि जागिर मिल्दैन कि तिम्रो परिवार मिल्दैन
जस्तो छ भोग्नुहोस् कि लेखेर ल्याउनु पर्छ
सुख पाउने कुरा नगर तिम्रो निधार मिल्दैन









Discussion about this post