Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गर्मीमा स्वस्थ रहन अपनाउनुस् यी उपाय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

देशका विभिन्न स्थानमा गर्मी बढिरहेको छ, त्यसैले स्वास्थ्य विशेषज्ञले सकेसम्म दिउँसो घरबाट बाहिर ननिस्कन सल्लाह दिन्छन् ।

चर्को घामका कारण शरीरमा तापमानको सन्तुलन बिग्रेर लु लाग्ने खतरा बढी हुन्छ । गर्मीका कारण धेरैजसो मानिसमा कडा टाउको दुख्नुबाहेक चक्कर लाग्ने, बान्ता हुने, पखाला लाग्ने, वाक्वाकी लाग्ने, बेचैनी हुने, उच्च ज्वरो आउने र घबराहट हुने गर्छ ।

गर्मीबाट बच्ने उपाय
१) गर्मीमा दिनभरि ३–४ लिटर पानी पिउनुस् । तिर्खा नलागेको भए पनि हाम्रो शरीर प्रणालीलाई चिसो पार्न प्रशस्त पानी पिउनुस् । यसले हामीलाई निर्जलीकरणबाट पनि बचाउँछ ।

नरिवलको पानी, मोही र कागती पानीजस्ता पेय पदार्थले राम्रो गर्छ । क्याफिन र अल्कोहलयुक्त पेय पदार्थको सेवन कम गर्नुस्, किनकि यसले निर्जलीकरण हुन सक्छ ।

२) घाममा धेरै समय नबस्नुस् । सनस्क्रिन लगाउनुस् । फराकिलो टोपी लगाउनुस् र घाममा बाहिर निस्कँदा सन ग्लासको प्रयोग गर्नुस् ।

३) हल्का रङको खुकुलो र सुती कपडा लगाउनुस्, जसले सजिलै पसिना सोस्ने र शरीरलाई चिसो राख्न सक्छ । टाइट वा पोलिस्टरका लुगा नलगाउनुस् ।

४) सकेसम्म छायामा बस्नुस् र शरीरलाई चिसो राख्नुस् ।

५) टन्न खाना नखानुस् । हरियो तरकारीहरू समावेश गर्दै थोरै–थोरै नियमित रूपमा खाना खानुस् । जसले ‘हाइड्रेसन’मा मद्दत गर्दछ ।

६) गर्मीले वृद्ध र साना बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ । उनीहरूको विशेष ख्याल राख्नुस् ।

७) निर्जलीकरणबाट जोगिनुस् । किनकि यसले शरीरको पसिना निस्कने क्षमतालाई कम गर्छ

८) गर्मीमा दिउँसो १२ बजेदेखि ३ बजेसम्मको घाम स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यति बेला तापक्रम उच्च हुने भएकाले बाहिर जानैपर्छ भने आफ्नो टाउकोमा सुतीको कपडाले छोप्नुस् वा छाता र टोपी प्रयोग गर्नुस् ।

९) प्रशोधित र तेलयुक्त खानेकुराको उपभोग नगर्नुस् । गर्मीको मौसममा प्रशोधित र तेलयुक्त खानेकुराको सेवन गरेमा यसले शरीरमा तातो बढाउनुका साथै लुको जोखिम पनि बढाउँछ ।

प्रशोधित, तेलयुक्त र जङ्क फुडले शरीरमा विषाक्त पदार्थहरू जम्मा हुन सक्छ ।

गर्मीमा स्वस्थ रहन के खाने ?

काँचो प्याज
गर्मीमा काँचो प्याजको सेवनले शरीरलाई चिसो बनाउन मद्दत गर्छ । प्याजमा पाइने गुणहरूले प्राकृतिक शीतलता प्रदान गर्छ ।

सलाद वा चटनीका रूपमा खान सकिने काँचो प्याजले शरीरलाई निर्जलीकरणबाट बचाउन मद्दत गर्छ ।

सौँफ
गर्मीमा सौँफको सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।

तपाईं गर्मी स्ट्रोकजस्ता समस्यासँग संघर्ष गर्दै हुनुहुन्छ वा यसबाट बच्न चाहनुहुन्छ भने सौँफको सर्बत पिउन सक्नुहुन्छ । सौँफ चपाउन पनि सकिन्छ । आयुर्वेदका अनुसार सौँफमा पाइने गुणले शरीरलाई भित्रबाट शीतल राख्छ र गर्मीको असरलाई कम गर्छ ।

पुदिना
पुदिना एन्टी–माइक्रोबियल र एन्टी–इन्फ्लामेटरी गुणहरूले भरिपूर्ण छ । गर्मीमा पुदिनाको सेवनले पेटलाई शीतलता प्रदान गर्नुका साथै पाचनसम्बन्धी समस्याबाट पनि राहत मिल्छ ।

दही
दहीमा पाइने प्रोबायोटिक्सले आन्द्राको स्वास्थ्यलाई राम्रो बनाउन र पाचन क्रियालाई राम्रो बनाउन मद्दत गर्छ । दहीलाई सुपरफुडमा गनिन्छ । शरीरमा हाइड्रेसन कायम राख्न र गर्मीको लहरको प्रभावलाई कम गर्न यसले मद्दत गर्छ ।

फलफूल र तरकारी
कागती, तरबुजा, हरियो सागसब्जी, कागती आदि खाँदा हाइड्रेसन कायम रहन्छ र पचाउन पनि सजिलो हुन्छ । (पुष्करराज जोशीले रातोपाटीमा लेखेका छन्। लेखक जनरल मेडिसियन हुन् ।)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व