सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विकास पनि गाडी चढेर आयो गाउँ ….

आधुनिकता विस्तारै गाउँ-घर पस्यो
आदिम सभ्यताको मनमा डर पस्यो

सब भाषा संस्कृति सभ्यता मासियो
दलाल मार्फत देश-भित्र डलर पस्यो

विकास पनि गाडी चढेर आयो गाउँ
समृद्धि मेरो गाउँमा नि भरखर पस्यो

तिम्रो विकासको गजब मोडल रहेछ
गाउँमा सडक पुग्यो गाउँ सहर पस्यो

Mahakali Polytechnic

यसो भन्दा शासकले यसरी हेर्दछन्
मानौ आँखामा केही कसिङ्गर पस्यो

World Link Ads

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.