सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त -०८ ले जित्यो दोस्रो मेयर कप डे- नाइट टि-१० क्रिकेट प्रतियोगिताको उपाधि

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -११ गड्डाचौकीमा सञ्चालन भएको दोस्रो मेयर कप डे- नाइट टि-१० क्रिकेट प्रतियोगिताको उपाधि भीमदत्त -०८ ले जितेको छ। सोमबार भएको खेलमा भीमदत्त -०६ (बी) लाई ८ विकेटले पराजित गर्दै भीमदत्त -०८ ले प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो। फाइनलमा खेलमा प्लेयर अफ द म्याच मनिष पुजारा भएका छन् ।

त्यसैगरी प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि भीमदत्त -१० का नितेश बिष्टले पाएका छन्। बेस्ट बेट्स म्यानको उपाधि भीमदत्त -०८ का दिनेश धामीले पाएका छन् भने बेस्ट बलर भीमदत्त -०६ का खगेन्द्र महरा हुन् सफल सफल भएका छन्। 

Mahakali Polytechnic

प्रतियोगिताको विजेता टिमलाई नगद २ लाख ५१ हजार प्रमाणपत्र, ट्रफी, मेडल प्रदान गरिएको छ भने, उपविजेता टिमलाई नगद १ लाख २१ हजार प्रमाणपत्र, ट्रफी, मेडल प्रदान गरिएको छ।  प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरू बेस्ट बेट्स म्यान, बेस्ट बलर, म्यान अफ द सिरिज हुन् सफल खेलाडीहरूलाई समेत विभिन्न आकर्षक पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ। 

World Link Ads

Sana Kishan

भीमदत्त -११ ले आयोजना गरेको क्रिकेट प्रतियोगिता गड्डाचौकीस्थित सिद्दनाथ अमर माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको थियो भने प्रतियोगितामा २४ वटा टिम सहभागी भएका थिए। प्रतियोगिताको चैत्र २५ गते भीमदत्तका नगर प्रमुख पदम बोगटीले उद्घाटन गरेको थिए। 

प्रतियोगिताको समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्य रहेको थियो भने भीमदत्त -११ का वडा अध्यक्ष प्रकाश थापाको सभापतित्व रहेको थियो। 

त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले भीमदत्त -११ ले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले खेलाडीको हौसला बढाउनुका साथै खेलाडीलाई मञ्चन दिने कार्य गरिरहेको बताए। साथै उनले यस्ता प्रतियोगिताहरू निरन्तर हुनुपर्नेमा  जोड दिएका छन् । 

वडा नम्बर -११ का वडा अध्यक्ष प्रकाश थापाले प्रतियोगिताले खेलाडीहरूलाई  प्रोत्साहन दिनुका साथै एउटा मञ्च प्रदान गरेको बताएका छन्। उनले भने ‘यो प्रतियोगिताले खेलाडीहरूलाई  प्रोत्साहन दिनुका साथै एउटा मञ्च प्रदान गरेको मलाई महसुस भएको छ, खेलाडीका लागि सबभन्दा ठुलो खेल हो यस्ता प्रतियोगिता नै भएनन् भने खेलाडीहरू ओझेलमा पर्छन्। हामिले खेलाडीहरूलाई एउटा मञ्च दिने प्रयास गरेका छौँ, र आगामी दिनमा पनि हामी खेलाडीहरूलाई यसरी नै प्रोत्साहन गर्न तथा उनिहरूलाई मञ्च दिन निरन्तर लागि पर्ने छौँ।’ 

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.