Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

प्रकाश भट्ट by प्रकाश भट्ट
असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बालमैत्री नगर निर्माण गर्ने लक्ष्यसहित बाल भेलाबाट आएका कार्यक्रमहरूको प्रगति समीक्षा गरिएको छ। “कृष्णपुरका बालबालिकाको चौतर्फी विकास, स्वस्फूर्त निर्णय लिन सक्ने – सबैले निकालौँ निकास” भन्ने मूल नाराका साथ बिहीबार नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र वर्ल्ड भिजनद्वारा सञ्चालित ‘एकीकृत बाल समृद्धिका लागि एकीकृत हातेमालो विकास परियोजना (आईपीएफ)’ अन्तर्गत कृष्णपुर नगरपालिकासँगको समन्वय तथा कृष्णपुर नगर स्तरीय बाल सञ्जालको आयोजनामा कार्यक्रम गरिएको हो।

बैठकमा बाल क्लब तथा बाल सञ्जालले आर्थिक वर्ष २०८१/०८२ देखि हालसम्म गरेका गतिविधिको समीक्षा, कार्ययोजनाको प्रगति र वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै सिकाइ तथा चुनौतीहरू पहिचान गरिएको थियो। कार्यक्रममा बाल क्लब, बाल सञ्जाल, जनप्रतिनिधि, नगरपालिकाका पदाधिकारी तथा सरोकारवाला गरी ४५ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी बालबालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा बाल अधिकारलाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य, संरक्षण, सरसफाइ, सुरक्षित वातावरण, खेलकुद तथा क्षमता विकासका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न जोडदार माग गरेका छन्। उनीहरूले विद्यालयमा गुणस्तरीय शिक्षा, बाल हिंसा न्यूनीकरण, बाल विवाह नियन्त्रण, बाल श्रम उन्मूलन तथा बालमैत्री सार्वजनिक संरचनाको आवश्यकता औँल्याउँदै बालमैत्री नगर घोषणा केवल कागजमा सीमित नभई व्यवहारमा देखिनुपर्ने बताएका छन्।

कृष्णपुर नगर स्तरीय बाल सञ्जालका अध्यक्ष अशोक धामीले हालसम्म सञ्जालले सञ्चालन गरेका गतिविधि, उपलब्धि र चुनौतीबारे प्रस्तुतीकरण गर्दै बालबालिकाको आवाज योजना निर्माणको केन्द्रमा बताउनुभयो। उहाँले बालबालिका भविष्य मात्र नभएर वर्तमानका सक्रिय नागरिक पनि भएकाले उनीहरूको आवाज सुन्ने मात्र नभई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख हेमराज ओझाले बालबालिकाले उठाएका विषयहरूलाई गम्भीर रूपमा लिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगर प्रमुख ओझाले बालमैत्री स्थानीय शासन निर्माण नगरपालिकाको मुख्य प्राथमिकतामा रहेको उल्लेख गर्दै बाल अधिकार संरक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाइने बताउनुभयो। उहाँले बालबालिकाले आफ्ना कुरा आफैँ राख्न सक्नु नै सक्षम समाज निर्माणको आधार भएको भन्दै नगरपालिकाले उनीहरूको रचनात्मक सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने स्पष्ट पार्नुभयो।

नगर उपप्रमुख द्रोपती रानाले बाल सहभागिता स्थानीय लोकतन्त्रको महत्त्वपूर्ण पक्ष भएको बताउँदै बाल संरक्षणलाई सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले बालबालिकाका लागि सुरक्षित वातावरण निर्माण गर्ने सोच परिवार, विद्यालय र समुदायस्तरबाटै सुरु हुनुपर्ने र यसका लागि योजनाबद्ध रूपमा सामाजिक सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टले बालबालिकाका सवाललाई योजना प्रक्रियासँग जोड्न प्रशासनिक प्रतिबद्धता रहेको उल्लेख गर्दै बजेट निर्माणमा प्राथमिकताका आधारमा बालमैत्री कार्यक्रम समावेश गर्न सकिने बताउनुभयो। सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत भट्टलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रमको सहजीकरण गर्दै जिल्ला स्तरीय बाल सञ्जालका अध्यक्ष टेक जोशीले बालबालिकाको आवाज सुन्ने संस्कार संस्थागत हुनुपर्ने र यस्ता कार्यक्रमले बाल सहभागितालाई थप बलियो बनाउने धारणा राख्नुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३
जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’
देश/राष्ट्रिय

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

सुनचाँदीको मूल्यमा गिरावट जारी, सुन तोलामा २ हजार २०० रुपैयाँ घट्यो

अशोज २७, २०८३
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोड नाघ्यो

अशोज २७, २०८३
कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

कोरियासँग प्रविधि, लगानी र जलवायु उत्थानशीलतामा सहकार्य बढाउने श्रेष्ठको योजना

अशोज २७, २०८३
नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

नेपाल–ओमान श्रम सहकार्य र लगानी विस्तार गर्ने प्रस्तावित राजदूत राणाको प्रतिबद्धता

अशोज २७, २०८३
चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, ५० थप कर्मचारी परिचालन

अशोज २७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व