Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त -०८ ले जित्यो दोस्रो मेयर कप डे- नाइट टि-१० क्रिकेट प्रतियोगिताको उपाधि

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख ४, २०८१
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -११ गड्डाचौकीमा सञ्चालन भएको दोस्रो मेयर कप डे- नाइट टि-१० क्रिकेट प्रतियोगिताको उपाधि भीमदत्त -०८ ले जितेको छ। सोमबार भएको खेलमा भीमदत्त -०६ (बी) लाई ८ विकेटले पराजित गर्दै भीमदत्त -०८ ले प्रतियोगिताको उपाधि हात पार्न सफल भएको हो। फाइनलमा खेलमा प्लेयर अफ द म्याच मनिष पुजारा भएका छन् ।

त्यसैगरी प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि भीमदत्त -१० का नितेश बिष्टले पाएका छन्। बेस्ट बेट्स म्यानको उपाधि भीमदत्त -०८ का दिनेश धामीले पाएका छन् भने बेस्ट बलर भीमदत्त -०६ का खगेन्द्र महरा हुन् सफल सफल भएका छन्। 

प्रतियोगिताको विजेता टिमलाई नगद २ लाख ५१ हजार प्रमाणपत्र, ट्रफी, मेडल प्रदान गरिएको छ भने, उपविजेता टिमलाई नगद १ लाख २१ हजार प्रमाणपत्र, ट्रफी, मेडल प्रदान गरिएको छ।  प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरू बेस्ट बेट्स म्यान, बेस्ट बलर, म्यान अफ द सिरिज हुन् सफल खेलाडीहरूलाई समेत विभिन्न आकर्षक पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ। 

भीमदत्त -११ ले आयोजना गरेको क्रिकेट प्रतियोगिता गड्डाचौकीस्थित सिद्दनाथ अमर माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको थियो भने प्रतियोगितामा २४ वटा टिम सहभागी भएका थिए। प्रतियोगिताको चैत्र २५ गते भीमदत्तका नगर प्रमुख पदम बोगटीले उद्घाटन गरेको थिए। 

प्रतियोगिताको समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्य रहेको थियो भने भीमदत्त -११ का वडा अध्यक्ष प्रकाश थापाको सभापतित्व रहेको थियो। 

त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले भीमदत्त -११ ले आयोजना गरेको प्रतियोगिताको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले खेलाडीको हौसला बढाउनुका साथै खेलाडीलाई मञ्चन दिने कार्य गरिरहेको बताए। साथै उनले यस्ता प्रतियोगिताहरू निरन्तर हुनुपर्नेमा  जोड दिएका छन् । 

वडा नम्बर -११ का वडा अध्यक्ष प्रकाश थापाले प्रतियोगिताले खेलाडीहरूलाई  प्रोत्साहन दिनुका साथै एउटा मञ्च प्रदान गरेको बताएका छन्। उनले भने ‘यो प्रतियोगिताले खेलाडीहरूलाई  प्रोत्साहन दिनुका साथै एउटा मञ्च प्रदान गरेको मलाई महसुस भएको छ, खेलाडीका लागि सबभन्दा ठुलो खेल हो यस्ता प्रतियोगिता नै भएनन् भने खेलाडीहरू ओझेलमा पर्छन्। हामिले खेलाडीहरूलाई एउटा मञ्च दिने प्रयास गरेका छौँ, र आगामी दिनमा पनि हामी खेलाडीहरूलाई यसरी नै प्रोत्साहन गर्न तथा उनिहरूलाई मञ्च दिन निरन्तर लागि पर्ने छौँ।’ 

 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर
खेलकुद

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित
खेलकुद

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित
खेलकुद

विश्वकप फुटबलमा अस्ट्रियाको जोर्डनमाथि जित

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व