अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पछिल्लो समय शेयर बजारमा देखिएको गिरावट र उतारचढावबारे स्पष्टीकरण दिएका छन्।
शुक्रवार प्रतिनिधिसभामा आर्थिक ऐनमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले शेयर बजारको उतारचढावको मुख्य कारण मनोवैज्ञानिक त्रास र कानूनी कारबाहीको प्रक्रिया रहेको बताएका हुन्।
उनका अनुसार हालै १ खर्ब रुपैयाँभन्दा बढी बिगो दाबीसहित विभिन्न मुद्दा अघि बढेका छन्, जसको केन्द्रमा पूँजी बजार र बीमा क्षेत्र रहेका छन्।
“अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढ्दै जाँदा कतै म पनि पर्छु कि भन्ने भ्रम वा त्रास केही लगानीकर्तामा परेको हुन सक्छ। यसैको प्रभाव बजारमा देखिएको हो,” उनले संसदमा भने।
अर्थमन्त्री वाग्लेले लगानीकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गर्दै बजारको दीर्घकालीन सुधारप्रति विश्वस्त रहन सुझाव दिएका छन्। उनका अनुसार शेयर बजारको दैनिक उतारचढावलाई लिएर सरकार चिन्तित छैन।










Discussion about this post