सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोस्रो मेयर कप डे-नाइट टि-१० क्रिकेट प्रतियोगिमा मन्त्र अस्पतालको हेल्थ डेस्क

धन सिंह धामी, कञ्चनपुर – दोस्रो मेयर कप डे-नाईट टि-१० क्रिकेट प्रतियोगितामा मन्त्र अस्पतालले हेल्थ डेस्क सञ्चालन गरेको छ।

नेपाल भारत सिमानाका गड्डाचौकीमा भीमदत्त नगरपालिका–११ गड्डाचौकीको सिद्धनाथ अमर माध्यामिक विद्यालयको प्राङगणमा सञ्चालन भईरहेको दोस्रो मेयर कप डे-नाईट टि-१० क्रिकेट प्रतियोगितामा हेल्थ डेस्क सञ्चालन गरेर सेवा दिइरहेको हो।

खेल अवधिभरि हेल्थ डेस्क सञ्चालनमा रहने मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका निर्देशक डा.गोबिन्द रोकायाले जानकारी दिएका छन् । खेलको समयमा खेलाडीहरूलाई चोटपटक लागेको अवस्थामा प्राथमिक उपचार दिने उद्देश्यले हेल्थ डेस्क सञ्चालन गरिएको उनको भनाइ रहेको छ।

साथै मन्त्र अस्पतालका निर्देशक रोकायाले यस क्षेत्रको बिरामीको समस्या मध्यनजर गर्दैे गुणस्तरिय सेवा प्रदान गर्दै आएको र आगामी दिनमा समाजिक सेवामा पनि सक्रियता कायम राख्ने बताएका छन्।

 

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.