कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका ०९ सुन्दरपुरमा रहेको उदयदेव माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भरत बहादुर रोकायाले आफ्नी छोरीको जन्मदिनको अवसरमा बैजनाथ सुडा खानेपानी तथा सरसफाइ समितिलाई खानेपानीका मिटर सहयोग गरेका छन्।
उनले छोरी अस्मिता रोकायाको २१ औँ जन्मदिनको अवसरमा बैजनाथ सुडा खानेपानी तथा खानेपानी तथा सरसफाइ समितिलाई रू ३० हजार बराबरको २२ वटा खानेपानी मिटर सहयोग गरेका हुन्। अस्मिता हाल क्यानडामा अध्ययनरत छिन्।
अध्यक्ष रोकायाले छोरीको जन्मदिनको अवसरमा यसरी सहयोग गर्न पाउँदा खुसी महसुस भएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने बताएका खानेपानी संस्थाका अध्यक्ष पदम बहादुर कुवँरले रोकायाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै अस्मितालाई जन्मदिनको शुभेच्छा प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए। कार्यक्रममा वडा अध्यक्ष, समाजसेवि तथा स्थानीय लगायतको उपस्थिति रहेको थियो।









Discussion about this post