जून बनि आउँछौ भनी झ्याल बाट हेर्छु
दिन बित्छन् छटपटीमा रात कोल्टे फेर्छु
नदि बग्छ आफ्नै सुरमा बतास आफ्नै तालमा
माया हाम्रो पलाएछ प्रकृतिको चालमा
गीत अनि गजलहरू तिम्रै लागी कोर्छु
जून बनि आउँछौ भनी झ्याल बाट हेर्छु
बिहानीको उषा किरण तिम्रै आभाष दिन्छ
गोधूली त्यो सन्ध्या पनि तिम्रै आभाष दिन्छ
उदास आँखा उचालेर तिम्रो बाटो कुर्छु
जून बनि आउँछौ भनी झ्याल बाट हेर्छु
– प्रजापति नेगी









Discussion about this post