Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दहीको प्रचलन कहाँबाट सुरु भयो, स्वाद किन भिन्न-भिन्न ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २३, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दहीमा प्रचुर मात्रामा प्रोटिन र क्याल्सियमका साथै प्रोबायोटिक्स पाइन्छ । प्रोबायोटिकले शरीरमा राम्रो ब्याक्टेरिया उत्पादन गर्न मद्दत गर्छ । यसले पेटभित्र भएको खानेकुरालाई पनि प्रोबायोटिकमा परिणत गर्ने काम गर्छ । जसले शरीरमा भएका नराम्रो ब्याक्टेरियालाई निष्क्रिय गर्छ ।

पाचनप्रणालीलाई सही र स्वस्थ राख्न दहीले महत्वपूर्ण भूमिका खेल्ने पोषणविद् सञ्जय महर्जन बताउँछन् । ‘शरीरमा राम्रो र नराम्रो दुवै व्याक्टेरियाको हुन्छ । नराम्रो व्याक्टेरिया सक्रिय भएको खण्डमा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएर विभिन्न रोगको सिकार हुन्छ,’ उनी भन्छन्, ‘तर दहीको नियमित सेवनले राम्रो व्याक्टेरियाको संख्या बढाउने र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।’

शरीरका आवश्यक कार्बोहाइड्रेट, प्रोटिन र फ्याट तीनवटै तत्व दहीमा पाइन्छ । दही क्याल्सियम, भिटामिन र खनिज तत्वको पनि राम्रो स्रोत हो । भिटामीन बी ६, बी १२, रिबोफ्लाबिन, पोटासियम र म्याग्नेसियम दहीमा पाइने पोषणविद् महर्जन बताउँछन् ।

‘यसरी सबै हिसानबले उपयोगी दही दिनको तीनपटक बिहान, दिउँसो, बेलुका खान खाइसकेपछि वा खानासँग मज्जाले खान मिल्छ,’ उनी भन्छन्, ‘रुघाखोकी लागेको बेला, चिसो लागेको बेला नखाएको राम्रो भए पनि अरुबेला जुनसुकै बेलामा खान सकिन्छ ।’

दूध-दहीको एलर्जी हुनेले, ग्याष्ट्रिक, प्रोटिन खान नहुने, फ्याट खान नहुने व्यक्तिले भने चिकित्सकको सल्लाहअनुसार मात्रै खान उनी सुझाउँछन् । ‘आयुर्वेदिकमा बेलुका सकेसम्म दही नखानु चिसो लाग्छ भनिन्छ । तर मात्रा मिलाएर खाँदा बेफाइदा गर्दैन,’ महर्जन भन्छन् ।

स्वाद फरक किन हुन्छ ?

दही दूधबाट बन्ने भए पनि यसको स्वाद अलि फरक हुन्छ, किनकि दूध जमाउँदा त्यसमा जीवाणु अर्थात् व्याक्टेरिया उत्पादन हुन्छ । पोषणविद् महर्जन भन्छन्, ‘दूधबाट दही बन्दा त्यसको रुप, रंग बनावट सबै परिवर्तन हुन्छ । त्यसकारणले पनि स्वाद फरक हुन्छ । त्यसैगरी बजारमा पाइने दही पनि दुई किसिमका हुन्छन् शुद्ध र मिसावट । यी दुई किसिमका दहीको स्वाद पनि फरक हुन्छ । शुद्ध दही पूर्ण दूधबाट बनाइन्छ भने अरुमा चिनी, पाउडर, प्रशोधित दूधबाट मिसाइएको हुन सक्छ ।’

बजारमा पाइने दही कति स्वस्थकर ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका सूचना अधिकारी मोहन कृष्ण महर्जन बजारमा पाइने दही धेरैजसो खानयोग्य नै रहेको बताउँछन् । ‘धेरैजसो दहीको उपभोग भइराख्ने भएर केही महिना फरकमा अनुगमन गरिराख्ने भएर खासै खान अयोग्य दही अनुगमनमा भेटिएको छैन,’ उनी भन्छन्, ‘झन् चाडपर्वका बेला दैनिक जस्तै अनुगमनमा खटिने काम भइरहेको छ ।’

केसँग खाने दही ?

दही चिउरा, रोटी, पुरी र भातसँग मिसाएर खाने गरेको पाइन्छ । घरबाट टाढा कतै जाँदा सगुनको रुपमा पनि दही खुवाउने परम्परा छ । पोषणविद् लीलबहादुर नेपाली अरु खानेकुरा खाइसकेपछि दही खानु राम्रो हुने बताउँछन् । ‘तर दहीमा फ्याट हुने भएकाले शरीरमा फ्याटको समस्या भएका व्यक्तिले अन्य फ्याटयुक्त खानेकुरा सकेसम्म मिसाएर नखाँदा उपयुक्त हुन्छ,’ उनी भन्छन् ।

दही जमाउन कसरी सुरु भयो ?

युरोपका कतिपय मुलुकमा दही उपहार दिने चलन छ । युरोपको बुल्गेरियामा कुनै पनि खाना दहीबिना अपुरो मानिन्छ । बुल्गेरियाबाट नै दहीको प्रचलन सुरु भएको मानिन्छ । चार हजार वर्षअघि घुमन्ते मानिसहरुले दही जमाउने तरिकाको खोज गरेको बताइन्छ । उनीहरु आफ्नो पूरै परिवारका साथ एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिरहन्थे । यसैक्रममा उनीहरुले दही जमाउने तरिका विकास गरेको र त्यो विश्वभर फैलिएको मान्यता छ । त्यसबेला दूधलाई भण्डार गरेर राख्ने कुनै विधि विकास नहुँदा दूध जमाएर उनीहरुले दही बनाउन थालेका थिए ।

दहीको व्याक्टेरियाको खोज

दही जमाउनका लागि एक खालको ब्याक्टेरियाको जरुरी हुन्छ । दही जमाउन ब्याक्टेरिया चाहिन्छ भन्ने कुरा बुल्गेरियाको स्टामेन ग्रिगोरोव नामका वैज्ञानिकले गरेका थिए । अहिले बुल्गेरियामा उनको नामबाट दही संग्रहालय समेत बनेको छ, जुन विश्वको एक मात्र दही म्युजियम हो । ग्रिगोरोव स्वीट्जरल्याण्डको जेनेभा विश्वविद्यालयमा अध्ययन गर्थे । त्यस क्रममा उनले आफ्नो गाउँमा बनेको एउटा दही लिएर त्यसमा अनुसन्धान गरे । जसमा दही जम्नुको मुख्य कारण व्याक्टेरिया पत्ता लगाए । जसको नाम ल्याक्टोबसिलस बुल्गारिकस भनी नामकरण गरिएको थियो ।

दीर्घायुको रहस्य

ग्रिगरोबको अनुसन्धानलाई आधार बनाएर रुसका नोबेल पुरस्कार विजेता बायोलोजिस्ट एली मेचनिकाफले बुल्गेरियाका किसानको लामो आयु हुनुको रहस्य पत्ता लगाए । बुल्गेरियाका किसानले धेरै दही खाने भएका कारण उनीहरु लामो समयसम्म बाँचेको उनले अनुसन्धानबाट पत्ता लगाए । बुल्गेरियाको रोडोप पर्वतमा जति पनि मान्छे बस्थे उनीहरु अधिकांश सय वर्षभन्दा बढी बाँच्थे ।

दही खाने मानिसको आयु लामो हुने थाहा पाएपछि फ्रान्स, जर्मनी, स्वीट्जल्याण्ड, स्पेन र बेलायतमा समेत बुल्गेरियाको दहीको माग ह्वात्तै बढेको थियो । पछि हरेक खानामा दही नभई नहुने परिकारको रुपमा विकास भयो ।

परम्परागत दही बनाउने काम

१९४९ सालसम्म पनि बुल्गेरियामा परम्परागत तरिकाले घरघरमा दही बनाउने गरिथ्यो । तर जब बुल्गेरियाको दही अन्तर्राष्ट्रिय स्तरमा माग हुन थालेपछि सरकारले डेरी उद्योगलाई राष्ट्रियकरण गर्‍यो ।

किनकि तत्कालीन सोभियत संघका अन्य सहयोगी देशमा सम्बन्ध बढाउन र पहिचान बढाउन यो सही नीति हुने बुल्गेरिया सरकारको योजना थियो । बुल्गेरियाको फरक-फरक ठाउँमा गएर घरमै बनाएको दहीको नमुना संकलन गर्न थालियो । ती सबै त्यसलाई नयाँ अनुभव गरेर धेरै दही बनाउने गरिन्थ्यो । यसप्रकारले बजारमा बुल्गेरियाको एक फरक किसिमको दही उपलब्ध हुन थाल्यो । सरकारले पनि यही ब्राण्डको दहीलाई निर्यात गर्न सुरु गरियो ।

दही बनाउने कला

आज पनि बुल्गेरियाको सरकारी कम्पनी एलबी बुल्गेरिकमले आफ्ना सहयोगी देश जापान र दक्षिण कोरियामा बुल्गेरियाको दहीको व्यापार र कारोबार गर्नका लागि लाइसेन्स दिने गरेको छ । त्यसैले हरेक वर्ष बुल्गेरियाबाट व्याक्टेरियाको खोप कोरिया र जापान निर्यात गर्ने गरिन्छ ।

बुल्गेरियामा दहीका धेरै प्रकार हुन्छन् । एउटै परिवारका दुईजनाले दही बनाए पनि त्यसको स्वाद फरक–फरक हुन्छ । दही बनाउनु त्यहाँका मानिसको लागि एउटा कला हो र यो सीप एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भइरहेको छ । रेणु त्वानाबासुले अनलाइनखबरमा लेखेकी छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व