सोचिएकै थिएन यसरी पनि आउन सक्छ
मान्छे मार्न सक्छ घरहरू भत्काउन सक्छ
सोच्न पनि कसरी पो सोच्नु यस्तो दुर्भाग्य
काखमै बच्चाले आमा भन्न नपाउन सक्छ
ज्यान बचाउन बनाएकै घरले ज्यान लियो
नियती हो सब मार्न सक्छ बचाउन सक्छ
सरकार जीउँदै भएको समाचार दिनु होस्
जाजरकोटलाई के मल्हम लगाउन सक्छ
घरहरू ढले फेरि उभ्याउने छौ उस्तै गरी
यसरी कहाँ हाम्रो विश्वास ढलाउन सक्छ
✍️ धर्मानन्द भट्ट









Discussion about this post