सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मातृभूमि रक्षार्थ दार्चुला उत्तरी सीमा नाकामा सशस्त्र प्रहरीको उपस्थिति

दार्चुला : सीमा सुरक्षाका लागि सरकारले उत्तर र दक्षिण नाकाहरुमा उपस्थिति विस्तार गरिरहेको छ । चिनसंग जोडिएको सुप प्रदेशको दार्चुलामा नाकामा सरकारे सशस्त्र प्रहरीको उपस्थिति गराएको छ । 

ऐतिहासिक रुपमा सशस्त्र प्रहरीको दार्चुलाको उत्तरी नाका व्याँस गाँउपालिकाको छायाँलेकमा शसस्त्र प्रहरीको उपस्थिति भएको हो । सशस्त्र प्रहरी स्थापना भएको दुई दशक अर्थात २३ बर्षमा दार्चुलाको उक्त छायालेकमा सशस्त्र प्रहरीले आफ्नो उपस्थिति विस्तार गरेको छ ।

उत्तरी चीनसँगको सीमानाका दार्चुलाको व्याँस गाउँपालिका १ स्थित छायाँलेक तिंकरमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ। सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले शुक्रबार एक काउर्यक्रमका विच बिओपीको उद्घाटन गरेका छन । दार्चुला सदरमुकामबाट करिब एक सय १२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं। ५० गुल्म छांगरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करिब ११ किलोमिटरको दूरीमा छ। उत्तरी नाकामा सशस्त्र प्रहरीको यो आठौँ बिओेपी हो । यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलासहित आठ ठाउँमा बिओपी स्थापना गरिसकेको छ। तिंकरमा स्थापना भएको बिओपीसहित चीनतर्फ नौवटा र भारततर्फ दुई सय ४३ गरी बिओपीको संख्या दुई सय ५२ पुगेको छ।

Mahakali Polytechnic

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने बिओपी स्थापनाको लागि हेलिकोप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भाद्र १३ गते त्यसतर्फ लगिएको थियो। सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ ।

World Link Ads

नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुकहरू भारतको नाभिडाङ र चीनको ताक्लाकोट बजारनजिकै पर्दछ ।

Sana Kishan

बिओपी उद्घाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल ४४ हेक्वा दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक डम्बर विष्ट, सशस्त्र प्रहरी बल नेपाल नंं ४३ रिजर्व गण बनबेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिरसिह शाहु, गुल्म छांगरुका गुल्मपति, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुखहरू तथा स्थानीयको उपस्थिति थियो। दार्चुलासंगै सशस्त्र प्रहरीले गोरखाको नाकामा पनि बिओपी स्थापना गर्ने तयारी गरेको छ। पछिल्ला दिनमा दार्चुलामा सशस्त्र प्रहरीले पश्चिम भारत र उत्तरमा चिनसंग सीमा नाका विस्तारसगै स्थानीय समेत हर्षित भईरहेका छन । पछिल्ला बर्षहरुमा दार्चुलामा सीमा सुुरक्षाका लागि सशस्त्र प्रहरीको बढ्दो उपस्थितिले नागरिकले आफु आफ्नो मातृभूमि सुरक्षित भएको महसुस गरिरहेका छन ।

स्थानीयले भारतबाट अतिक्रमण गरिएको नेपाली भूमि फिर्तादेखि सीमा सुरक्षाको उच्च तहबाटै पहल हुनुपर्नेमा जोडदिएका छन । यसैविच सशस्त्र प्रहरीका एआईजी दाहाल, प्रजिअ जोशी, दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक विष्ट सहितको टोलीले त्रिदेशीय सीमा पिलर १को समेत अनवलोकन गरेका थिए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.