Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मातृभूमि रक्षार्थ दार्चुला उत्तरी सीमा नाकामा सशस्त्र प्रहरीको उपस्थिति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २४, २०८०
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला : सीमा सुरक्षाका लागि सरकारले उत्तर र दक्षिण नाकाहरुमा उपस्थिति विस्तार गरिरहेको छ । चिनसंग जोडिएको सुप प्रदेशको दार्चुलामा नाकामा सरकारे सशस्त्र प्रहरीको उपस्थिति गराएको छ । 

ऐतिहासिक रुपमा सशस्त्र प्रहरीको दार्चुलाको उत्तरी नाका व्याँस गाँउपालिकाको छायाँलेकमा शसस्त्र प्रहरीको उपस्थिति भएको हो । सशस्त्र प्रहरी स्थापना भएको दुई दशक अर्थात २३ बर्षमा दार्चुलाको उक्त छायालेकमा सशस्त्र प्रहरीले आफ्नो उपस्थिति विस्तार गरेको छ ।

उत्तरी चीनसँगको सीमानाका दार्चुलाको व्याँस गाउँपालिका १ स्थित छायाँलेक तिंकरमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ। सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले शुक्रबार एक काउर्यक्रमका विच बिओपीको उद्घाटन गरेका छन । दार्चुला सदरमुकामबाट करिब एक सय १२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं। ५० गुल्म छांगरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करिब ११ किलोमिटरको दूरीमा छ। उत्तरी नाकामा सशस्त्र प्रहरीको यो आठौँ बिओेपी हो । यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलखाको लामाबगर, संखुवासभाको किमाथांका, ताप्लेजुङको ओलाङचुङगोलासहित आठ ठाउँमा बिओपी स्थापना गरिसकेको छ। तिंकरमा स्थापना भएको बिओपीसहित चीनतर्फ नौवटा र भारततर्फ दुई सय ४३ गरी बिओपीको संख्या दुई सय ५२ पुगेको छ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने बिओपी स्थापनाको लागि हेलिकोप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भाद्र १३ गते त्यसतर्फ लगिएको थियो। सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ ।

नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुकहरू भारतको नाभिडाङ र चीनको ताक्लाकोट बजारनजिकै पर्दछ ।

बिओपी उद्घाटन कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल ४४ हेक्वा दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक डम्बर विष्ट, सशस्त्र प्रहरी बल नेपाल नंं ४३ रिजर्व गण बनबेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिरसिह शाहु, गुल्म छांगरुका गुल्मपति, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुखहरू तथा स्थानीयको उपस्थिति थियो। दार्चुलासंगै सशस्त्र प्रहरीले गोरखाको नाकामा पनि बिओपी स्थापना गर्ने तयारी गरेको छ। पछिल्ला दिनमा दार्चुलामा सशस्त्र प्रहरीले पश्चिम भारत र उत्तरमा चिनसंग सीमा नाका विस्तारसगै स्थानीय समेत हर्षित भईरहेका छन । पछिल्ला बर्षहरुमा दार्चुलामा सीमा सुुरक्षाका लागि सशस्त्र प्रहरीको बढ्दो उपस्थितिले नागरिकले आफु आफ्नो मातृभूमि सुरक्षित भएको महसुस गरिरहेका छन ।

स्थानीयले भारतबाट अतिक्रमण गरिएको नेपाली भूमि फिर्तादेखि सीमा सुरक्षाको उच्च तहबाटै पहल हुनुपर्नेमा जोडदिएका छन । यसैविच सशस्त्र प्रहरीका एआईजी दाहाल, प्रजिअ जोशी, दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक विष्ट सहितको टोलीले त्रिदेशीय सीमा पिलर १को समेत अनवलोकन गरेका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व