यो दुनियाँ रहेछ अनेक नाटक मन्चन गरिन्छ
कहिले सहमती त कहिले आन्दोलन गरिन्छ
वर्षौंदेखि मुलुक चलिरहेछ यस्तै सहमतिमा
राज्य कानुन प्रष्ट बोल्दैन बस गन्थन गरिन्छ
पढेलेखेका बेकुफहरू राज्यका दुस्मन हुन्
दरभाउ मिल्नुपर्छ इमान बेचबिखन गरिन्छ
गणेशमानका जनता भएको मुलुक हो यहाँ
आत्मरतिमा रमाउदै आफ्नै बडप्पन गरिन्छ
विनासकाले विपरीत बुद्धि भनेको यस्तै हो
बुद्धिमा बिर्को लगाएर आत्मा दमन गरिन्छ
राज्यले नागरिकको सुरक्षा गर्नु दायित्व हो
राज्य फितलो हुँदा कानुन उल्लंघन गरिन्छ
✍️ धर्मानन्द भट्ट
कञ्चनपुर









Discussion about this post