सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्षौंदेखि मुलुक चलिरहेछ यस्तै सहमतिमा ….

यो दुनियाँ रहेछ अनेक नाटक मन्चन गरिन्छ

कहिले सहमती त कहिले आन्दोलन गरिन्छ

वर्षौंदेखि मुलुक चलिरहेछ यस्तै सहमतिमा

World Link Ads

राज्य कानुन प्रष्ट बोल्दैन बस गन्थन गरिन्छ

पढेलेखेका बेकुफहरू राज्यका दुस्मन हुन्

दरभाउ मिल्नुपर्छ इमान बेचबिखन गरिन्छ

गणेशमानका जनता भएको मुलुक हो यहाँ

Sana Kishan

आत्मरतिमा रमाउदै आफ्नै बडप्पन गरिन्छ

विनासकाले विपरीत बुद्धि भनेको यस्तै हो

बुद्धिमा बिर्को लगाएर आत्मा दमन गरिन्छ

राज्यले नागरिकको सुरक्षा गर्नु दायित्व हो

राज्य फितलो हुँदा कानुन उल्लंघन गरिन्छ

✍️ धर्मानन्द भट्ट

        कञ्चनपुर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close