Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बालबच्चालाई चकलेटले कस्तो हानि गर्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मनपर्ने खानेकुराको नाम के हो ? बालबालिकालाई यो प्रश्न सोध्ने हो भने उनीहरुले हत्तपत्त जवाफ दिइहाल्छन्– चकलेट ।

चकलेटमा हुने गुलियोपन र त्यसको आकर्षक स्वरूपमा उनीहरु लोभिने गर्छन् । त्यसैले त अभिभावक पनि आफ्ना बालबच्चा कुनै कुरामा रिसाए वा रुँदा चकलेटको प्रलोभन दिएर सम्झाउँछन् । यस्तोमा बच्चाहरु पनि चकलेट दिंदा मख्ख पर्ने र नपाउँदा डाँको छोडेर रुने गर्छन् ।

आमाबाबुले दिएको यो लोभपछि बच्चाहरूको बानी बन्छ । चकलेट अत्यधिक खाने बानीले उनीहरुको स्वास्थ्यमा असर पुग्ने चिकित्सकहरु बताउँछन् ।

यस्ता छन् बेफाइदा

पौष्टिक तत्वका अभाव

अत्यधिक मात्रामा चकलेट खाने बानी स्वास्थ्यको हिसाबले फाइदाजनक नहुने बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल बताउँछन् । उनका अनुसार चकलेटले पेटलाई टन्न पारिदिन्छ । अन्य खानेकुरा नखाँदा शरीर राम्रोसँग वृद्धि विकास हुन पाउँदैन ।

‘बच्चालाई जति चकलेट दिइन्छ, त्यति उनीहरुमा चुरोटको लत लागेजस्तै चकलेटको लत लाग्छ । यसले उनीहरुलाई चकलेटबाहेक अन्य खानेकुरा खानै मन नलाग्ने गराउँछ,’ उनले भने, ‘फलस्वरूप पौष्टिक तत्वको कमी हुन्छ र उनीहरु कमजोर हुँदै जान्छन् ।’

मोटोपन

चकलेटमा पाइने चिनीले शरीरमा चिनीको स्तर बढाइदिन्छ । अझ मोटोपन भएका बालबालिकामा मधुमेह गराउन पनि चकलेट कारकको रुपमा देखा पर्न सक्ने डा. पोखरेल बताउँछन् । अत्यधिक चकलेटको सेवनले बालबालिकामा मोटोपनको पनि समस्या ल्याउँछ ।

बेचैन गराउँछ

डा. पोखरेलका अनुसार चकलेटमा चिनी, थियोब्रोमाइन र फेनिलेथिलामाइन जस्ता अन्य धेरै उत्तेजक तत्व हुन्छन्, जसले बच्चाको स्नायु प्रणालीलाई हानि पु¥याउँछ । वयस्कले जति क्याफिनको भार बालबालिकाले सहन सक्दैनन् ।

यसले बच्चालाई धेरै बेचैन महसुस गराउन सक्ने, पेट दुखाउने समस्या गराउन सक्ने डा. पोखरेल बताउँछन् । त्यसबाहेक यसबारे भएका केही अन्तर्राष्ट्रिय अध्ययन अनुसार चकलेटमा पाइने क्याफिनले मुटुको धड्कन पनि बढाउने हुँदा निद्रामा समस्या समेत देखाउने र चकलेटमा एन्डामाइड एसिडले मस्तिष्कको कार्यलाई हानि पु¥याउने देखिएको उनको भनाइ छ ।

दाँतमा असर

चकलेट धेरै खानु दाँतको लागि अति हानिकारक हुने दन्त चिकित्सक डा. मनिषा खर्बुजा बताउँछिन् ।

‘चकलेटमा हुने चिनी दाँतमा अड्किने र टाँसिने गर्छ । बच्चाहरुमा कुल्ला गर्ने ज्ञान हुँदैन, जसले अड्किएको चकलेटमा जीवाणु फैलिएर एसिड उत्पादन गर्छ,’ उनी भन्छिन्, ‘त्यसले खानेकुरा बिस्तारै दाँतलाई नरम बनाउँदै लैजान्छ । जसकारण दाँतलाई बलियो बनाउने तत्त्व खनिज बिस्तारै खिइँदै जान्छ ।’

दाँत कीरा लाग्ने त छँदैछ, इनामेल पनि उमेर भन्दा छिटो जान सक्ने हुँदा सकेसम्म बच्चालाई चकलेट नदिन र दिए पनि सीमित मात्रामा दिन उनी सुझाउँछिन् । तर चकलेट खाएपछि अनिवार्य मुख कुल्ला गर्न सिकाउनुपर्छ ।

चकलेटको बानी कसरी छुटाउने ?

धेरैजसो बालबालिकामा चकलेटको लत नै बसिसकेको हुन्छ । उनीहरु चकलेट नपाए शान्त नै नबस्नेसम्म हुन्छन् । यस्तोमा उनीहरुलाई बिस्तारै यसको लतबाट छुट्कारा दिलाउन फलफूललाई नै आकर्षक ढंगले विभिन्न आकारमा डिजाइन गरेर दिन डा. पोखरेल सुझाउँछन् । यसले उनीहरुमा चकलेटको तल बिस्तारै हट्ने र फाइबरजस्ता तत्व बढी खाने हुँदा शरीरलाई पौष्टिक तत्व पुग्ने उनी बताउँछन् । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व