Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गर्मीमा धेरै चिसो खाँदा के हुन्छ ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २४, २०८०
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

तापक्रम दिनानुदिन उकालो लागिरहेको छ । अत्यधिक गर्मीमा शरीरलाई कसरी शीतल बनाउने भन्ने ध्याउन्नमा सबै लागेका छन् । कोही फ्रिजको चिसो पानी खान चाहन्छन् भने कोही चिसो पेय पदार्थ, जुसमा भुल्छन् । अनि कसैलाई काँक्रा, खर्बुजाजस्ता फलफूल त कसैलाई आइसक्रिम र सोडा पानीले आकर्षित गर्छ ।

यी सबै कुराले शरीरलाई शीतलता प्रदान गर्छन्, तर क्षणिक मात्रै । लगायता चिसो खानेकुरा र पेय पदार्थ खाँदा स्वास्थ्यमा असर गर्छ भन्ने हेक्का भने धेरैलाई नहुन सक्छ ।

घाँटीमा समस्या

गर्मी होस् या जाडो मौसम, चिसो खाने बित्तिकै घाँटीमा प्रत्यक्ष असर गर्दैन । तर यसले अप्रत्यक्ष रुपमा भने घाँटीलाई हानि गरिरहेको हुन सक्छ । शरीरको एक किसिमको फिजियोलोजी हुन्छ । हाम्रा वरपर लाखौं सक्रिय हानिकारक भाइरस हुन्छन् । जुन शरीरमा सजिलै छिर्न सकेका हुँदैनन् । तर एक्कासि चिसो खाँदा बाह्य कीटाणुहरु शरीरमा प्रवेश गर्न पाउँछन् ।

चिसोले संक्रमणविरुद्ध लड्न सक्ने क्षमता केही मात्रामा खलबलिन्छ । किनकि चिसो खानेकुराले श्वासनलीमा खकार (म्युकस) जम्मा हुन्छन् । म्युकसको काम श्वासप्रश्वासको तन्तुलाई ढाकेर जीवाणुको संक्रमणविरुद्ध संयन्त्र बन्नु हो, तर एक्कासि अत्यधिक चिसोले म्युकसलाई खुलाउँछ र घाँटीमा संक्रमण गराउन सक्छ । परिणामस्वरूप घाँटी दुख्ने, खसखस गर्ने समस्या ल्याउन सक्छ । घाँटीको एलर्जी भएकालाई चिसो पेय पदार्थले श्वासनलीमा खकार जम्मा भई केही मात्रामा असर गर्न सक्छ ।

यद्यपि, सधैं चिसो पेय वा पानी खाने बानी भएको स्वस्थ व्यक्तिलाई जुनसुकै मौसममा खाँदा पनि खासै फरक पर्दैन । तर कहिलेकाहीं मात्र चिसो खाँदा घाँटीमा समस्या ल्याउन सक्छ ।

घामबाट आउने बित्तिकै चिसो नखानु जाति

घामबाट आउने बित्तिकै फ्रिजमा भएको चिसो पानी, जुस, सर्बत सबैको रोजाइमा पर्छ । अझ घाममै हिंडडुल गर्दा लस्सी र आइसक्रिम पनि खाइने गरिन्छ । पानी तातो भएमा बरफ मिसाएर खाइन्छ । यसरी धापिएको समयमा अत्यधिक चिसो खानु भनेको शरीरको तापक्रमलाई दखल दिनु हो । एक्कासि चिसो पदार्थ पिउँदा शरीरमा तापक्रम असन्तुलन हुन्छ, जसले थप ऊर्जा शरीरलाई आवश्यक पर्छ । शरीरले आफू अनुकूल शरीरभित्र प्रवेश गरेको खानेकुरालाई ढाल्न खोज्दा पाचनप्रक्रिया सुस्त हुन्छ । जसले पेटमा गडबड गराउँछ । त्यसैले घामबाट धापिएर आएपछि शरीरलाई एकछिन शीतल बनाएर मात्र खानेकुरा खान सकिन्छ । तसर्थ, आइसक्रिम, कुल्फी, बरफ अत्यधिक खानु घाँटीलाई मात्र होइन दाँतलाई पनि दुःख दिन सक्छ । यसले दाँतको इनामेललाई असर पारी सिरिङ–सिरिङ पार्न सक्छ । चिसो पेय पदार्थमा हुने एसिड एवं गुलियो पदार्थले दाँत दुखाइ पनि गराउँछ ।

अत्यधिक चिसो मात्र होइन, अत्यधिक तातोले पनि खानु हुँदैन । अझ चिसोतातोको मिश्रण त स्वास्थ्यको लागि बेफाइदाजनक नै हुने गर्छ । धेरैको बानी खाजामा तातो मःमः खाएपछि चिसो पेय खाने हुन्छ । यसरी खाँदा एकैछिन त मज्जा आउँछ । तर केही छिनपछि पेट भने सञ्चो नगराउन सक्छ । किनकि चिसो र तातोलाई एकैछिनमा पाचनप्रणालीले आफ्नो तापक्रममा ढाल्न सक्दैन । जसकारण पेट ढुुुुस्स हुने, अमिलो डकार आउनेजस्ता समस्या देखिन्छन् ।

कसरी बच्ने ?

घाँटीमा हुने संक्रमणबाट बच्ने एउटै उपाय भनेको आफ्नो रोगप्रतिरोधात्मक क्षमता सुधार गर्नु र अत्यधिक चिसो खानेकुरा तथा पेय पदार्थबाट टाढा रहनु हो । त्यति मात्र होइन, घामबाट फर्किने बित्तिकै चिसो वा तातो खानेकुराबाट बच्नुपर्छ । यसको लागि केही समय शरीरलाई चिसो हुन दिनुपर्छ । अनि कुनै चिसो खानेकुरालाई नहतारी बिस्तारै खान सकिन्छ । मुखमा चिसो राख्ने बित्तिकै एकछिन मुखमै राख्ने कोसिस गर्नुपर्छ । ताकि अत्यधिक चिसो खानेकुरा शरीरको तापक्रम अनुकूल हुन मद्दत पुगोस् ।

घाँटीमा संक्रमण भएर दुःख दिएको खण्डमा मनतातो पानीमा नुन हालेर त्यस पानीले कुल्ला गर्नुपर्छ । घाँटी दुख्ने र सुन्निने समस्याबाट राहत पाउन अदुवा र तुलसीको चिया पिउन सकिन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व