Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उडुसले टोकेर हैरान बनाएको छ ? यी उपाय अपनाउनुहोस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २०, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गर्मी मौसम अनि त्यसमाथि उडुसको टोकाइ । सम्झिंदा मात्रै पनि धेरैलाई आफ्नो पूरै जीउ चिलाएको महसुस हुन्छ । लामखुट्टे र उपियाँजस्तो बाहिर नदेखिने भएकाले उडुसले कतिबेला टोक्छ, चाल पाउनै सकिंदेन ।

उडुसले टोक्दा केही क्षण चिलाउने र हराउने भएकाले यसबारे त्यति चासो पनि हामी दिंदैनौं । यसको टोकाइबाट कुनै दीर्घकालीन स्वास्थ्य समस्या त आउँदैन ? भन्ने प्रश्न पनि आउन सक्छ ।

उडुसले टोक्दाका लक्षण

उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा छालामा विभिन्न एलर्जी हुन्छ । टोकेको ठाउँमा निरन्तर चिलाउने, डाबर देखिने र घाउसमेत हुन सक्छ । कहिलेकाहीं त चिलाउँदा चिलाउँदै ठूलो घाउ समेत हुने सम्भावना हुन्छ । टोकेको केही दिन वा हप्ता दिनसम्म पनि चिलाउन सक्छ ।

कहाँ–कहाँ टोक्छ ?

सामान्यतया लुगाले नढाक्ने शरीरका हात, खुट्टा, घाँटी, कानमा उडुसले धेरै टोक्छ । दिउँसोभन्दा पनि राति उडुसले धेरै टोक्छ । उडुसले क्यु फिबर, हेपाटाइटिस तथा अन्य सर्ने रोग सार्ने विभिन्न अनुसन्धानले देखाएका छन् ।

उपचार

उडुसले टोकेको निको पार्न लगाउने र खाने दुवै औषधि हुन्छ । उडुसले टोकाइले उत्पन्न संक्रमण सामान्य छ भने एन्टिसेप्टिक क्रिम भए पुग्छ तर कहिलेकाहीं एन्टिबायोटिक औषधि पनि खानुपर्ने हुन सक्छ । उडुसको टोकाइमा संक्रमणबाट जोगिन एन्टिसेप्टिक क्रिम वा लोसन लगाउनुपर्छ । त्यस्तै पूरा बाहुला भएको लुगा लगाउँदा पनि टोकाइबाट जोगिन्छ । तर यसबाट नियन्त्रण मात्र हुन्छ निर्मूल उपचार भने होइन । यसले कुनै दीर्घरोग भने हुँदैन ।

उडुस निर्मूल गर्ने सुरक्षित तरिका

लामुखट्टेलाई जस्तै धुप, लिक्विड वा झुल हालेर भगाउन सकिंदैन । उडुस नष्ट गर्ने विभिन्न तरिका भए पनि सुरक्षित खाले, रसायन वा विषादीको प्रयोग गरेर निर्मूल गर्ने गरिन्छ । यो तरिका हानिरहित, सुरक्षित र प्रभावकारी मात्र होइन, कम खर्चिलो समेत छ । यो आफैं गर्नुभन्दा पनि अनुभवी व्यक्तिलाई छर्कन लगाउँदा उचित हुन्छ ।

सहरबजारमा भ्याकुमले सफा गर्दा पनि उडुस केही नियन्त्रणमा आउन सक्छ । तर भ्याकुम मेसिनमा जम्मा भएका उडुसलाई प्लास्टिकको थैलोमा हावा नपस्ने गरी बाँधेर पर फ्याँक्नुपर्छ । नत्र फेरि घर फर्किन सक्छ ।

धुन नमिल्ने लुगा (डसना, सिरानी, सिरक)लाई चाहिं कडा घाममा मज्जाले सुकाउनुपर्छ । कालो प्लास्टिकको थैलोमा लुगाफाटो राखेर चर्को घाममा केही घण्टा राख्दा पनि उडुसबाट उन्मुक्ति मिल्न सक्छ ।

उडुसबाट कसरी बच्ने ?

उडुसले पुदिनाको गन्ध सहन नसक्ने भएकाले पुदिनाका केही पात आफ्नो ओछ्यानको नजिक राख्न सकिन्छ । यदि घरमा साना बालबच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुपर्छ । सुत्ने बेलामा पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ ।

त्यस्तै रातो खुर्सानीको गन्धले पनि उडुस छिटो भाग्छन् । रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन् । लेवेण्डर र रोजमरीको स्पे्र गर्नाले पनि उडुस नियन्त्रण हुन्छ ।

उडुस मुख्यतया सरसफाइको कमीले आउँछ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न चाहिं कठिन हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व