Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कसरी गर्ने एन्जाइटी नियन्त्रण ? यस्ता छन् ८ उपाय

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ११, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हरेक व्यक्तिमा कुनै न कुनै तनाव त भइरहन्छ । तर तनाव लामो समयसम्म रहन्छ र दैनिकीमा नै असर गरिरहेको हुन्छ भने एन्जाइटीसमेत गराउन सक्छ । एन्जाइटी हुँदा व्यक्तिमा अनायास भय पैदा हुनु, मुटुको धड्कन बढ्नु, पसिना आउनु, हातखुट्टा काम्नु, छटपटी हुनु, टाउको दुख्‍नु, ग्यास्ट्रिक हुनु, आत्मविश्वास हराउनु र कमजोर अनुभव हुनुजस्ता लक्षण देखिन्छ । यसले बिस्तारै अन्य रोगतर्फ धकेल्न सक्छ । त्यसैले यसलाई बढ्न नदिन तनावको व्यवस्थापन जरुरी हुन्छ ।

त्यसो भए कसरी गर्ने त तनाव व्यवस्थापन ?

१. आफूलाई समय दिने

सबैभन्दा पहिला आफ्नो हेरचाहमा ध्यान दिनु जरुरी छ । आफूलाई खुसी बनाउनतर्फ लाग्नुपर्छ । अनेक कुराले मनमस्तिष्कमा उथलपुथल गराइरहेका हुन्छन् । यसबाट हुने असर कम गर्न आफ्नो लागि समय निकाल्न आवश्यक छ । त्यसैले घुमफिर गर्ने योजना बनाउने, नयाँ–नयाँ कुरामा चासो राख्‍ने, जसले दिमागलाई तनावतर्फ केन्द्रित हुन कम अग्रसर गर्छ । हरेक दिन कम्तिमा एक सकारात्मक गतिविधिमा ध्यान दिनु तनाव र एन्जाइटीबाट निकाल्न वा कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

२. ध्यान, योगलाई समय दिने

नियमित ध्यानले एन्जाइटी भएका मानिसहरूलाई मद्दत गर्न सक्छ । सेरोटोनिनजस्ता न्य’रोट्रान्समिटरहरूबाट ध्यान प्रभावित हुन्छ, किनभने मस्तिष्कको भाग ध्यानसँग सम्बन्धित छ। त्यसैले ध्यान तथा योगलाई दैनिक रुपमा दाँत माझ्नु वा मुख धुनुजस्तै तालिकामा समावेश गर्न सकिन्छ । यो तनाव व्यवस्थापनका लागि अत्यन्त उपयोगी छ । तर त्यसको लागि कसरी सास लिने ? कस्तो ध्यान गर्ने भन्ने विषयमा सही विधि योग प्रशिक्षकबाट सिक्न सकिन्छ ।

३. पानी पर्याप्त पिउने

शरीरले राम्रोसँग काम गर्न पर्याप्त मात्रामा पानी चाहिन्छ । दिनको समयमा जहाँ जाँदा वा बस्दासँगै बोतल राख्ने गर्नुपर्छ । बोतल अगाडि भएपछि तिर्खा नलागे पनि पानी खाइरहन मन लाग्छ। पर्याप्त पानी पिउने बानी बसाल्न फोनमा ‘रिमाइन्डर’ पनि इन्स्टल गरेर सेट गर्न सकिन्छ ।

४. क्याफिन सेवन सीमित गर्न प्रयास गर्ने

क्याफिनले थोरै मात्रामा ऊर्जा र सतर्कतामा सकारात्मक प्रभाव पार्छ । तर अधिक मात्रामा सेवन गर्दा चिन्ता निम्त्याउन सक्छ । फलस्वरूप चिडचिडापन, टाउको दुख्ने र निद्रामा समस्या निम्त्याउन सक्छ। तसर्थ आफ्नो दैनिक दिनचर्याबाट क्याफिन हटाएर तनावलाई नियन्त्रण गर्न सहयोग पुग्छ ।

५. पर्याप्त निन्द्रा

निद्रामा समस्या चिन्ताको एक सामान्य लक्षण हो । वास्तवमा एन्जाइटी र तनावबाट गुज्रिरहेका व्यक्तिलाई सुत्न सामान्य व्यक्तिलाई भन्दा बढी समस्या हुन सक्छ ।

यदि सुत्न समस्या भइरहेको छ भने क्याफिन, अल्कोहल र निकोटिनबाट बच्न मद्दत गर्न सक्छ । यसको लागि राम्रो विकल्प भनेको सुत्ने समय तालिका बनाउनु हो । आठ घण्टा समय निद्राको लागि छुट्याउनुपर्छ । सुत्ने समयभन्दा एक घण्टाअघि सामाजिक सञ्जाल, समाचार बुलेटिन र स्क्रिनबाट टाढा रहनुपर्छ ।

६. आफ्नो शरीरको मांसपेशीमा ध्यान दिने

मानसिक तनाव हुने बित्तिकै त्यसको प्रभाव शरीरमा पर्छ । तनाव हुँदा ध्यान दियो भने काँध, घाँटी, ढाडको मांशपेसी कसिलो भएको महसुस गर्न सक्नुहुन्छ । जतिसक्दो चाँडो मांसपेशीलाई आराम दिन सकेमा मस्तिष्कले सबै कुरा ठीक भएको सिग्नल पाउँछ । जसले तनावलाई कम गर्छ । यदि कुनै मांसपेशीलाई आराम गराउन सक्नहुन्न भने कमसेकम त्यसलाई तन्काउने व्यायाम गर्नु प्रभावकारी हुन सक्छ ।

७. अनुहारमा ध्यान दिने

तनावमा रहने व्यक्तिको मुख कसिलोजस्तो हुन्छ । एन्जाइटीले अनुहारलाई नै फ्रिज गराउन सक्छ । त्यसकारण आफ्नो अनुहारको हाउभाउलाई बेलाबखतमा याद गरिरहनुपर्छ ।

८. चिकित्सकसँग परामर्श

यदि तनाव व्यवस्थापनका अनेकौं प्रयासले पनि कुनै परिवर्तन आएको छैन जस्तो लागिरहेको छ भने पक्कै पनि मनोचिकित्सकसँग परामर्श लिन सकिन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

शैक्षिक गुणस्तरसँगै अनुसन्धान र उद्यमशीलतामा सुदूरपश्चिम विश्वविद्यालयको जोड

असार १३, २०८३
रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

रास्वपाको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका हेमराज भट्ट निर्वाचित

असार १३, २०८३
‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

‘दक्ष जनशक्ति विदेशिने अवस्था बदल्नुपर्छ’ – मन्त्री सस्मित पोखरेल

असार १३, २०८३
नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

नयाँ नेतृत्व र नीति तय गर्दै रास्वपाको पहिलो महाधिवेशन सम्पन्न

असार १३, २०८३
आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

आईसीसी लिग–टु शृङ्खलाका लागि नेपाली टोली घोषणा

असार १२, २०८३
नेप्से परिसूचक २६ अङ्कले घट्यो

लगातार पाँचौँ दिन घट्यो शेयर बजार, नेप्से २ हजार ६४९ विन्दुमा

असार १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व